
लमजुङमा आईतबार ३ सय ४ औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति लमजुङले दिवसको अवसरमाा सदरमुकाम बेसीशहरमा र्याली तथा सभाको आयोजना गरेको हो ।
बाजागाजा, व्यानर र प्लेकार्ड सहित बेसीशहरको सेराबाट सुरु भएको र्याली बजार परिक्रमा गरी भिमसेन स्थानमा सभामा परिणत भएका थियो । सभामा पृथ्वी नारायण शाहले राष्ट्र निमार्णमा पुर्याउनुभएको योगदानको कदर र सम्मान गर्दै शाहको तस्विरमा अविर अर्पण गरिएको थियो ।
सभामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं आइटि विभाग प्रमुख उद्धवराज भेट्वालले देशलाई एक बनाउन पृथ्वीनारायण शाहको योगदानलाई सवैले कदर गदै देशलाई समृद्धि र विकासतर्फ पु¥याउन सवै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
राप्रपा जिल्ला अध्यक्ष केवेन्द्रजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठ, नेपाली काग्रेस विपिका अध्यक्ष तेजनारायण अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो । राप्रपा जिल्ला सहसचिव नारायण शाहीले सहजीकरण गर्नुभएको कार्यक्रममा राप्रपा पालिकास्तरिय समितिका अध्यक्ष एवं पदाधिकारीहरु जिल्ला समितिका पदाधिकारी लगायतको उपस्थितीको थियो ।









