लमजुङ माविको ७७ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

-


     भरत बाबु घिमिरे     
     पौष २७ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहर स्थित जिल्लाकै पहिलो विद्यालय लमजुङ माविको ७७ औं वार्षिकोत्सव एवं ४२ औं अभिभावक सम्मेलन आईतबार सम्पन्न भएको छ।

बेसीशहर नगरपालिका वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शुभकामना व्यक्त गर्दै उहाँले गुणस्तरीय र प्रविधिमैत्री शिक्षा नै आजको आवश्यकता भएकोले सरोकारवाला विच उचित समन्वय हुनुपर्ने बताउनुभयो। विद्यालय, वडा कार्यालय र नगरपालिका विच जति संवाद र समन्वय हुनुपर्ने हो सो तहमा हुन नसकेको उहाँले बताउनुभयो।

सो अवसरमा कार्यपालिका सदस्य श्रीनाथ दुलाल, वडासदस्य महेशकुमार भुजेल, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय सदस्य एवं रेडियो चौतारीका अध्यक्ष किसान संगीत, पूर्व वडाध्यक्ष सुर्यकुमार श्रेष्ठ, नेपाली कांग्रेसका लालबहादुर श्रेष्ठ, नेकपा एमालेका रिपुमर्दन केसी, यशोब्रह्म मावि व्यवस्थापन समितिका अध्यक्ष तिलक दुलाल, लमजुङ मावि पूर्वअध्यक्षहरु नवीन बानियाँ, शर्मिला थापा, यशोब्रह्म माविका प्रधानाध्यापक सुर्यप्रसाद बराल, लमजुङ कालिका मन्दिरका मूलपुरोहित सोमराज बराल, पूर्वशिक्षक श्रद्धा खनाल, कालिका युवाक्लवका उपाध्यक्ष कपिलराज थापा, अभिभावक लक्ष्मी थापा, विद्यार्थीहरु कृति हिमाली, दिपेश थापाले शुभकामना व्यक्त गर्नुभएको थियोे।

कार्यक्रममा प्रधानाध्यपक सीता बरालले विद्यालयको शैक्षिक र भौतिक प्रतिवेदन र लेखापाल देवु श्रेष्ठले आयव्यय विवरण प्रस्तुत प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीद्वारा साँस्कृतिक प्रस्तुति र पिटी प्रदर्शन गरिएको थियोे। विद्यालयका अध्यक्ष कृष्णबहादुर देउजाको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा शिक्षक कृष्णबहादुर बोहराले स्वागत र शिक्षक देउबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे।