३३ औँ त्रिवेणीमा एपिएफ फुटबल क्लब र लाङ्दीदेवी युवा क्लव नाल्मा फाइनलमा भिड्ने

-


     सृजना बराल     
     पौष २० गते २०८२ मा प्रकाशित


गत पुस १२ गतेबाट लमजुङको बेसीशहरमा सुरु ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीतामा लाङ्दीदेवी नाल्माको शानदार गोल गर्दै फाईनलमा प्रवेश गरेको छ।

एपी पावर चर्च ब्वाइज काठमाडौं र लाङ्दीदेवी युवा क्लब नाल्मा लमजुङ बीचको सेमिफाइनल खेलमा, खेलको ३० औँ मिनेटमा लाङ्दीदेवी युवा क्लब नाल्माका जर्सी नं. १० मा रहेका खेलाडी रोहन काकिलले गोल गर्दै लाङ्दीदेवी नाल्मालाई अग्रता दिलाएका हुन्।

दोस्रो हाफको अन्तिम समयमा खेल सकिन केही सेकेन्ड बाँकी हुँदा लाङ्दी देवीका आशिष् गुरुङले थप एक गोल गरेपछि शानदार रुपमा फाईनलको यात्रा तय गर्न सफल भयो । कुनै गोल गर्न नसकेपछि एपी चर्च व्वाईजको यात्रा सेमिफाइनल मै टुङ्गिएको छ ।

शनिबारको भएको पहिलो खेलबाट एपिएफ फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । अब फाईनल खेल सोमबार दिउसो १ बजे एपिएफ फुटबल क्लब र लाङ्दीदेवि युवा क्लव नाल्मा लमजुङ बिच हुने छ ।

प्रतियोगितामा विजेताले १२ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५्⁄२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्याद अफ दि म्याचलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।