२८ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा विभिन्न कार्यक्रम

-


     नयाँ दीप    
     माघ २ गते २०८२ मा प्रकाशित


२८ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८२ लमजुङको बेसीशहरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । माघ २ गते मनाइने भुकम्प सुरक्षा दिवशको अवसरमा शुक्रबार बेसीशहरको मनाङ्गे चौतारा देखि शेरा चोकसम्म र्यालि तथा शेरा चोकमा भुकम्प सम्बन्धि सचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रम बेसीशहर नगरपालिका बिपत ब्यबस्थापन समितिका अध्यक्ष तथा बेसीशहर नगरपालिका वडा न ७ का वडा अध्यक्ष ऋषिराम बस्नेतको अध्यक्षता तथा बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बेसीशहर नगरपालिका उपप्रमुख पद्या गुरुङ, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नवराज शर्मा दोरङ्गा , जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक, जिल्ला सशस्त्र प्रहरी गुल्मका प्रतिनिधि, जनकल्याण माबि उदीपुरका प्रअ सुर्य बहादुर अधिकारी, विद्यार्थी, रेडक्रस रोसाइटी लमजुङ , बेसीशहर नपाका कर्मचारी, बिभिन्न कार्यालय तथा संघ संस्थाका प्रतिनिधीहरुकोे उपस्थिती रहेको थियो ।

सो अवसरमा जनकल्याण माबिका बिध्यार्थीहरुले भुकम्पको कहर शिर्षकमा सडक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रम सहजिकरण बेसीशहर नपाका रोजगार संयोजक ईश्वर बहादुर लोहनीले गर्नु भयको थियो भने कार्यक्रमको संयोजन बिपत् ब्यबस्थापन समिति सदस्य हरि बहादुर लोहनी गर्नुभएको थियो ।