जनजागृतिले मनायो ३७ औं बार्षिकोत्सव

-


     नयाँ दीप    
     माघ १ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बरबोटबेसीमा रहेको जनजागृति आधारभूत विद्यालयको ३७ औं बार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न गरेको छ ।

बार्षिकोत्सव तथा अविभावक दिवसका प्रमुख बेसीशहर नगरपालिका नगरप्रमुख गुमान सिंह अर्यालले सामुदायिक विद्यालय उदाहरणीय बनाउन सफल भएको भन्दै प्रधानाध्यापक बासु बाबु सिलुवाल प्रति धन्यवाद व्यक्त गर्नुभयो र नगरपालिकाको तर्फबाट थप साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरप्रमुख अर्यालले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफ्ना बालबालिकाहरुको गतिविधिमा ध्यान दिन आग्रह गर्दै विद्यार्थीहरुलाई हतोत्साहीत हुन नदिएर हौसला प्रदान गर्नुपर्ने धारणा राख्नुभयो। बेसीशहर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शिवप्रसाद जोशीले समग्र वडामा विकासका गतिविधि बारे जानकारी गराउनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक बासु बाबु सिलुवालले विद्यालयको आयब्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चन्दादाताहरुलाई सम्मान, विभिन्न खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथै विद्यालयको तर्फबाट विविध मनोरञ्जनात्मक गीत नृत्य प्रस्तुत गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र मगरको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकको तर्फबाट सुसिल न्यौपाने, विद्यार्थीको तर्फबाट कृष्मा पन्त, सल्लाहकार लेखनाथ शमा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम संचालन सहायक प्रअ रमेशचन्द्र घिमिरेले गर्नुभएको थियोे ।