क्यान्सर पिडितलाई सहयोग रकम उपलब्ध

-


     नयाँ दीप    
     माघ १ गते २०८२ मा प्रकाशित


लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ७ थाक्लेका क्यान्सर पिडित विरामीलाई नर्वेमा भएका नेपालीहरुले रकम संकलन गरी पठाएका छन् । थाक्लेको खहरे निवासी क्यान्सर पिडित विरामी एकता घिमिरेलाई र घुमाउने निवासी चिजामाया कामीको लागि सहयोग रकम उपलब्ध गराइएको हो ।

वडा नं ७ निवासी हाल नर्वेमा कार्यरत जनसम्पर्क समिति लमजुङ नर्वेका उपाध्यक्ष रमेश घिमिरे र उहाँको धर्मपत्नी महिला संघ नर्वेका उपाध्यक्ष सम्झना घिमिरेको पहलमा १ लाख ८० रुपैँया सहयोग संकलन गरी क्यान्सर पिडित २ जनालाई हस्तान्तरण गरिएको हो ।

नर्वेमा कार्यरत नेपालीहरुसगँ संकलन गरिएको जम्मा गरिएको सहयोग रकम मध्ये एकता घिमिरेलाई १ लाख र चिजामाया कामीको परिवारलाई ८० हजार हस्तान्तरण गरिएको छ ।

क्यान्सर रोग जस्तो जटिल रोगबाट पिडित भई उपचार गराई रहेको दुवैजनालाई उपचारमा थप सहयोग पुगोस् भनेर सहयोग रकम संलकन गरि पठाएको रमेश घिमिरेले बताउनुभयो ।

सुन्दरबजार नगरपालिका वडा न ५ का वडा अध्यक्ष तथा तार्कुकोट स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष श्रीकाजी गुरुङले प्राप्त सहयोग रकम क्यान्सर पिडितहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।

नर्वेबाट सहयोग रकम संकलन गर्ने घिमिरे दम्पती