
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको अध्यक्षमा प्रदीप घिमिरे सर्वसम्मत चयन भएका छन्।
भोटेओडारमा शनिबार सम्पन्न संघको ११औँ जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा विकास तामाङ, सचिवमा विनायक दवाडी, कोषाध्यक्षमा खेमेन्द्र गुरुङ तथा सहसचिवमा खेम घले र ईश्वर दर्लामी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा सलिन लोहनी, कृष्ण थापा, सुदिप पन्त, धनबहादुर गुरुङ, सन्दिप अर्याल, सुरज गुरुङ, यादव गुरुङ, सुलव पाण्डे, केशबहादुर गुरुङ, पवन रेग्मी, प्रदीप गुरुङ, सुदिप भण्डारी, प्रविन पौडेल, मनराज घले, मुना गुरुङ र मनोज अधिकारी चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष घिमिरेले जिल्लाका युवालाई संगठनमा जोड्दै युवाका मुद्दालाई प्राथमिकतामा राखेर युवा केन्द्रित गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने बताए। उनले संगठनलाई थप चलायमान र सुदृढ बनाउँदै युवाको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरे।
अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारीले युवालाई पार्टी र संगठनको महत्वपूर्ण शक्तिका रूपमा परिचालन गर्दै समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। युवाको क्षमता, सिर्जनशीलता र नेतृत्व विकासमा संगठनले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव महेश चौलागाईं, नेकपा ९एमाले० गण्डकी प्रदेश कमिटी सदस्य महेन्द्रलाल श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्ट, राष्ट्रिय युवा संघ गण्डकी प्रदेश इन्चार्ज अक्कल तामाङ, अध्यक्ष रोशन तामाङलगायतको उपस्थिति थियो।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङका निवर्तमान अध्यक्ष योगबहादुर गुरुङ कालुको अध्यक्षतामा सम्पन्न भएको हो।









