
लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसीमा रहेको यशोब्रम्हा माध्यमिक विद्यालयको ६३ औँ बार्षिक उत्सव तथा ६२ औं अभिभावक दिवस सम्पन्न भएको छ । सोमवार आयोजित वार्षिकोत्सव समारोहको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गर्नुभएको थियो ।
वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री पौडेलले विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्न शिक्षक, विद्यार्थी र अभिभावक तीन पक्षको महत्वपूर्ण भूमिका रहने वताउनुभयो । बालमैत्रि शैक्षिक वातावरण निमार्णको लागि समुदायमा रहेका हरेक व्यक्तिहरु जिम्मेवार वन्नुपर्नेमा उहाँको जोड थियो ।
पैसा धेरै तिरेर ठुलो स्कुलमा पढे मात्र राम्रो शिक्षा पाइन्छ, सफल भइन्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने मन्त्री पौडेलको भनाई थियो । उहाँले सफलता व्यक्तिको मेहनत, अनुशासन, निरन्तरतामा भरपर्ने भन्दै लक्ष्य तय गरेर अघि वढ्न आग्रह गर्नुभयो । सफलताको प्रमुख माध्यम शिक्षा नै रहेकाले पहिलो प्रथामिकतामा अध्ययनलाई राख्दै अतिरिक्त क्रियाकलापमा सक्रिय हुन विद्यार्थीहरुलाई आग्रह गर्दै सामुदायिक विद्यालयहरुले समय अनुसारको सिकाई प्रणालीलाई अवलम्वन गर्नुपर्नेमा मन्त्री पौडेलको जोड थियो ।
वार्षिकोत्सवको अवसर पारेर विद्यालयमा नवनिर्मित भवनको मन्त्री पौडेलद्धारा उद्घाटन गरिएको थियो ।
त्यस्तैगरी कार्यक्रमका विषेश अतिथि तथा विद्यालयका उपज नेपाल सरकार सहरी विकास मन्त्रालय, शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले हरेक दिन विद्यार्थीले म पहिलो हुन्छु भन्दै मेहनत गरेर पढ्नुपर्छ भन्दै शिक्षकहरु पनि सुचना तथा सञ्चार प्रविधिसगँ अपडेट हुनुपर्ने बताउनुभयो । घरमा अभिभावकहरुले आफू मोवाईल चलाउने तर बालबच्चालाई पढ भनेर मात्रै हुदैन भन्दै बोहराले सरकारी विद्यालयमा राज्यले अरबौंको लगानी गरेपनि उपलब्धी भने दिनप्रतिदिन घट्दै गएको बताउनुभयो ।

कार्यक्रममा बेसीशहर नगरपालिका शिक्षा शाखाका प्रमुख किसानराज चिलुवाल, नेपाली काग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरिप्रसाद बराल, वडा नं ३ सदस्य कृष्ण भुजेल, विद्यालयका पूर्व अध्यक्षहरु अम्बिकाप्रसाद घिमिरे र श्रीकान्त घिमिरे, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव शिवराज अधिकारी, वडा नं ३ का पूर्व वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ, नेपाल रेडक्रस जिल्ला शाखा लमजुङका पूर्व अध्यक्ष नारायण घिमिरे, विद्यालय व्यवस्थापन समितिका सदस्य विमला हिमाली, अक्षयकोषदाता सरोज बराल, बाल कल्याण माविका शिक्षक बुद्धिसागर बराल, लमजुङ मावि व्यवस्थापन समिति अध्यक्ष कृष्ण देउजा, विद्यालयका पूर्व विद्यार्थी मञ्चका संयोजक भरत बावु घिमिरे, अभिभावको तर्फबाट साजन भुजेल, विद्यार्थीहरुको तर्फबाट कक्षा १० कि छात्रा रुपा दुलालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद बरालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र आयव्यय प्रस्तुत गर्नुभएको थियो । प्रअ बरालले विद्यालयको शैक्षिक र भौतिक अवस्था, व्यवस्थापकिय पक्षको बारेमा जानकारीसँगै आर्थिक वर्ष २०८०\०८१ को १ करोड ६२ लाख ११ हजार ६९ रुपैया र चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्मको ८४ हजार ४७ हजार ६ सय ६४ रुपैया बरावरको आयव्यय सार्वजनिक गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयमा स्थापना गरिएको १६ वटा अक्षयकोषको रकमबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा उपस्थित अक्षयकोष दाताबाट नै विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
वार्षिकउत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्रीकान्त घिमिरेले ३ जना छात्राछात्रलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । उहाँले स्वर्गिय मातापिताको नाममा २०७३ सालबाट प्रत्येक वर्ष कक्षा ५, ६ र ८ मा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । यसैगरी यशोब्रम्ह पुस्तकालयका तर्फबाट एस.ई.ई.मा उत्कृष्ट अंक ल्याउने १ जना छात्रालाई छात्रवृद्धि प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वन मन्त्री भेषबहादुर पौडेल र विषेश अतिथि शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहरालाई सम्मान गरिएको थियो भने विद्यालयमा कार्यरत २ जना शिक्षक सन्तोषी बराल र प्रेम यादव, कार्यलय सहयोगी चन्द्रकान्त बराल र अभिभावक साजन भूजेल र सीता अधिकारी दुलाललाई पनि सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर दुलालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक गम वहादुर दनाईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक अरुण बरालले गर्नुभएको थियो ।
वार्षिक उत्सव समारोहमा विद्यालयहरुले गित, नृत्य लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक विद्यार्थी सहित अभिभावकहरु, सहयोगदाता, चन्दादाता, अक्षयकोष दाता पूर्व विद्यार्थी लगायको उपस्थिती थियो ।