पत्रकार महासंघ लमजुङको अध्यक्षमा सन्देश पौडेल निर्वाचित

-


     भरत बाबु घिमिरे    
     मंसिर २९ गते २०८१ मा प्रकाशित


नेपाल पत्रकार महासंघ लमजुङको अध्यक्षमा सन्देश पौडेल निर्वाचित हुनुभएको छ । शुक्रबार राती सम्पन्न मतगणना अनुसार पौडेल २६ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उमेदवारका रुपमा अध्यक्षमा पौडेललाई उठाइएको थियो भने गठबन्धनबाटै बिद्रोही अध्यक्षका उमेदबारीे दिएका अनुज अधिकारीले ५ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्ष पदका लागि मात्र शुक्रबार निर्वाचन भएको थियो । ३४ जना सदस्य रहेको लमजुङ शाखामा निर्वाचनमा ३२ मत खसेकोमा एउटा मतपत्रमा कसैलाई मत दिइएको पाइएन ।

अध्यक्ष बाहेकका अन्य पद भने निर्विरोध भएका छन् । नयाँ कार्य समितिमा उपाध्यक्षमा बसन्ता भट्ट र बेलिना थापा, सचिवमा कृष्ण आले, कोषाध्यक्षमा निरज अधिकारी, सहसचिवमा सीताराम बसेल र श्रीकला भण्डारी निर्विरोध भएका छन् भने सदस्यहरुमा घनबहादुर घिमिरे, आस गुरुङ, श्याम सितल परियार र सुजन बानिया निर्वाचित भएका छन् । त्यस्तैगरी महिला सदस्यमा शान्ता कमली, दलित सदस्यमा शिला बि.क, जनजाती सदस्यमा सुनिता भुजेल र अल्पसंख्यक सदस्यमा सविना प्रजा निविरोध निर्वाचित भएका छन् ।

अधिवेशनबाट केन्द्रीय परिषद सदस्यमा रामजी राना पनि निर्विरोध निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधि सदस्यमा भने कसैको उमेदवारी नै नपरेको मुख्य निर्वाचन अधिकृत सन्तोष पौडेलले बताउनुभयो।

नेपाल पत्रकार महासंघको १६ औं साधारण सभा तथा ८ औं अधिबेसन २६ गतेबाट सुरु भएको थियो ।