आजदेखि नेपाल संवत् सुरु, अब सरकारी कागजपत्रमा समेत उल्लेख हुने

-


     नयाँ दीप    
     कार्तिक २८ गते २०८० मा प्रकाशित


आजदेखि नेपाल संवत् ११४४ सुरु भएको छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

नेपाल संवत् (नयाँ वर्ष )को उपलक्षमा लमजुङको सदरमुकाम बेसिशहरका नेवार समुदायले नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीसहितको सांस्कृतिक ¥याली निकालेका छन् । नेवारी पोषाकमा सजिएर मनाङे चौताराबाट सुरु भएको ¥याली फुलबारी मञ्चमा पुरेर सभामा परिणत भयको थियो । बेसीशहर नेवाः खलका अध्यक्ष बालचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल प्रमुख अतिथी रहनुभएको थियो ।

यो वर्ष नेवार समुदायबाट निकालिएको मेला जात्राहरुमा विशेष योगदान पुराएको भन्दै ३५ जना युवाहरुलाई र एउटा न्यू इरा विद्यालयलाई प्रशंसापत्र वितरण गरिएको थियो । कार्यक्रममा नेवाः खलका केन्द्रिय प्रतिनिधी रामकुमार श्रेष्ठ, धर्मगुठीका तर्फबाट विकास श्रेष्ठ, नेवाः मिसा दवुका अध्यक्ष शान्ति श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नेवाः खल बेसीशहरका सचिव विमल श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । सो अबसरमा लाखे नाच, टाकटुके नाच लगायतको नेवारी संस्कृति प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इस्वी संवत् ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरु गराएका थिए। लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो।

गरिब जनताको ऋण मोचन गरिदिएर सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

जकै दिनबाट सरकारी कागजातमा समेत नेपाल सम्वत् उल्लेख हुने मन्त्री परिषद्को बैठकले निर्णण गरेको छ ।