मानवसेवा आश्रममा सामुहिक टीका ग्रहण कार्यक्रम

-


     बासुदेव सेढाई    
     कार्तिक १० गते २०८० मा प्रकाशित


लमजुङको बेसीशहर – ७ हाई स्कुल चोकमा रहेको मानवसेवा आश्रम लमजुङमा विजयदशमीको अवसरमा सामुहिक टीका कार्यक्रमको आयोजना गरिएको छ ।

शुक्रबार आयोजना गरिएको सामुहिक टिका लगाउने कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पुर्णवहादुर गुरुङ प्रमुख अतिथी रहनुभएको थियो भने बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालको बिशेष उपस्थिती रहेको थियोे ।

मानवसेवा आश्रममा रहनुभएका बाल गोपालहरु र आश्रममा सेवाको खटिनुभएका अभियन्ताहरुलाई समन्वय समिति प्रमुख गुरुङ र नगरपालिका प्रमुख अर्याल लगाएत आश्रमका अविभावकहरुले टीका र जमरा लगाईदिनुभएको थियोे । हरेक नेपालीहरुले आ–आफ्नो घरमा उल्लासमय तरिकाले बडा दशै मनाईरहदा आश्रममा रहेका बाल गोपालहरुलाई खल्लो नहोस र हाम्रो पनि परिवार छ भन्ने भावना जगाउन सामुहिक टीका कार्यक्रम राखिएको आश्रम संचालिका अनिता अधिकारीले बताउनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख गुरुङले नेपाल बहुजाती, बहुभाषी, विभिन्न धर्म संस्कृती परम्परा मान्नेहरु भएता पनि महान पर्व बडादशैंले सम्पूर्ण नेपालीहरुलाई एकताको सुत्रमा बाँधेको र भावनात्मक एकता र सद्भाव बलियो बनाएकोले यसको ठुलो महत्त्व रहेको बताउनुभयो । नेपाली नेपाली विचमा फाटो ल्याउन खोज्नेहरु विभिन्न बहानामा मतभेद सिर्जना गरि द्वन्द्व गराउन खोज्नेहरुको चाहना कहिल्यै पूरा नहुने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रहरी निरिक्षक थानेश्वर चापाईं, मानवसेवा आश्रममा सुरुवातदेखि ठुलो सहयोग गर्नुहुने अविभावकहरु मोहन बहादुर थापा, बलराम खत्री, श्याम रिमाल, जन्मदिनमा वृक्षरोपण अभियान नेपालमा परिकल्पनाकार बासुदेव सेढाई, अभियानका कोषाध्यक्ष दुर्गा थापा रावत, सदस्य लक्ष्मी धिताल, आजिवन सदस्य सरिता कंडेल लगाएत मानवसेवा आश्रम र जन्मदिनमा वृक्षरोपण अभियान नेपालका अभियन्ताहरुको उपस्थिति थियोे । कार्यक्रम संचालन आश्रम संचालिका अनिता अधिकारीले गर्नुभएको थियोे ।