
आज टिकाको तेस्रो दिन द्वादशी, दशैंको टीका लगाउने क्रम जारी रहेको छ । दशमीदेखि पूर्णिमासम्म ६ दिन टिका लगाइने परम्परा भएको समुदायमा हिजो र अस्ति नभ्याएकाहरु आज आफन्तकोमा गएर टीका, जमरासहित आशिर्वाद लिने गर्छन् । यसैबीच दशैंको बिदामा घर गएकाहरु चाडवाड सकेर काममा फर्कने क्रम पनि शुरु भएको छ ।
परपरका आफन्त अनि छोरी चेलीहरु टीको थाप्न आउने क्रम अझै चलीरहेको छ । हिजोको एकादशीको व्रत बस्नुभएकाहरुले आज सबेरै खाना तथा फलाहार ग्रहण गर्ने गरेका छन् ।
दशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ ।
विजयादशमीका दिन मान्यजनबाट टिका ग्रहण गर्न नपाएकाहरूले टिका लगाइरहेका छन् । विशेष गरी विजया दशमीको दिन आफ्ना दाजुभाई तथा नजिकका आफन्तकोमा टिका लगाएपछि ससुराली, मावलीतर्फ टिका लगाउने गरिन्छ ।
विजया दशमीको दिनबाट सुरु भएको टिका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ । लामो समयसम्म भेटघाट नभएका आफन्तहरू भेट्ने अवसरका रूपमा दशैंलाई लिने गरिएको छ । दशैंले आपसी सद्भाव, विश्वास र भाइचारा अझ बढाउने गरेको छ ।
मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहलले शहरबजारमा भीडभाड बढेको छ ।
दशैंका लागि सदरमुकामवाट बाहिरिएकाहरू पनि फर्कने क्रम सुरु भएको छ । भोलीदेखि सरकारी कार्यालय खुल्ने भएकाले पनि अधिकांश कर्मचारीहरू शहर बजार आउने क्रम तीव्र भएको छ ।