पर्यटन

बालबालिकाको पोषणमा सहयोग जुटाउन-कन्सर्ट फर टिफिन

लमजुङका बेसीशहरस्थित बेसीशहर युथ सोसाइटी सेराले आयोजना गर्न लागेको “कन्सर्ट फर टिफिन” कार्यक्रमको तयारी तीव्र बनाइएको छ। लक्ष्मी बाल मन्दिर, बेसीशहर–८ मा अध्ययनरत बालबालिकाका लागि टिफिन व्यवस्थापनमा सहयोग पुराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। आगामी मङ्सिर १९ गते बेसीशहरको फुलबारी मञ्चमा आयोजना हुने कन्सर्टका लागि हालसम्म १ सय ४३ जनाबाट ९ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको छ। आयोजकका अध्यक्ष रविन श्रेष्ठका अनुसार कार्यक्रममार्फत कुल २३ लाख ७५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। संकलित रकममध्ये ८ लाख… पुरा पढौ

नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सासले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्दै

टेम्पल, टेक्सास— नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सासले आगामी मे ३, २०२६ मा टेम्पल र वेको क्षेत्रका नेपाली समुदायबीच एक विशेष मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ। “एक खेल, एक समुदाय, सँगै बलियो ” (One Game, One Community, Stronger Together) भन्ने नाराका साथ आयोजना हुन लागेको यो खेलले स्थानीय नेपाली समुदायबीचको एकता र खेलभावनालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। आयोजक नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सास महासचिव डा मुनिष शर्माका अनुसार कार्यक्रम टेम्पलस्थित क्रसरोड्स पार्क मा बिहान १० बजे सुरु… पुरा पढौ

GANS निर्वाचनमा नयाँ मोडस् एकताको चर्चाबीच निर्वाचन समितिको भूमिकामाथि गम्भीर प्रश्न

अष्टिन, टेक्सास । ग्रेटर अष्टिन नेपाली सोसायटी (GANS) को आसन्न निर्वाचनलाई लिएर समुदायभित्र मिश्रित प्रतिक्रिया उत्पन्न भएको छ। एकातिर सामाजिक अभियन्ता पदम ठकुराठीको उम्मेदवारीसँगै समाजमा एकताको आशा पलाएको चर्चा भइरहेको छ भने, अर्कोतिर अध्यक्ष पदका प्रत्यासी रामकुमार महतोले निर्वाचन समितिको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँदै प्रक्रियाबाट बाहिरिने घोषणा गरेका छन्। एकताको प्रयास कि दबाबको राजनीति ? केही दिन अघिसम्म GANS भित्रको आन्तरिक कलह अन्त्य हुने र पदम ठकुराठीको नेतृत्वमा सर्वसम्मत वा सहज निर्वाचन हुने सकारात्मक सन्देश प्रवाह भएको थियो। युवापुस्ताले पनि… पुरा पढौ

रोधीघरदेखि दरबारसम्मः गायिका माया गुरुङको संघर्ष, प्रेम र न्यायको विष्मयकारी जीवन–यात्रा

“गाउँ–शहरमा लमजुङ दरबार, मायालाई दिने थिए फूल जस्तो जोवन, भइसक्यो मेरो घरबार…”यो कालजयी गीत नेपाली लोक संगीतको एउटा बलियो खम्बा हो। लमजुङको पहिचान बनेको यो गीतकी गायिका माया गुरुङको वास्तविक जीवन कुनै चलचित्रको पटकथाभन्दा कम छैन। यो कथा एउटा कलाकारको सफलताको मात्र होइन, बरु अभावलाई गलाएर पहिचान बनाउने एउटा अदम्य साहसको दस्ताबेज हो। सुरिलो स्वरकी धनी माया गुरुङको २०१९ साल असार २९ गते भानु जयन्तीको दिनमा ४ जना दाई र १ वटा दिदी पछि पाँचौ सन्तानको रुपमा लमजुङको बेसीशहर नगरपालिका… पुरा पढौ

आज माता तिर्थ औँसी : आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै

आज देशभर “माता तिर्थ औँसी” (आमाको मुख हेर्ने दिन) श्रद्धा र सम्मानका साथ मनाइएको छ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यस पर्वमा जीवित आमालाई मिठाइ तथा उपहार दिएर सम्मान गर्ने र दिवंगत आमाको सम्झनामा तीर्थस्थलमा पूजा–आराधना गर्ने परम्परा रहेको छ। विशेषगरी काठमाडौँको माता तिर्थ, गोकर्ण, देवघाट लगायतका धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको देखिएको थियो। आमा नभएकाहरूले माता तिर्थ कुण्डमा स्नान गरी आमाको आत्माको शान्तिको कामना गर्दै तर्पण अर्पण गरेका छन्। यस दिन आमाले सन्तानलाई आशीर्वाद दिने तथा… पुरा पढौ

आज देखि नयाँ वर्ष सुरु, हर्षोल्लासका साथ मनाइँदै

आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत् स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग… पुरा पढौ

राइनासकोटमा लालिगुँरास ढकमक्क, पर्यटकको भीडले होमस्टे भरिभराउ

लमजुङ जिल्लाको राइनास नगरपालिका–९ स्थित राइनासकोट यतिबेला लालिगुँरासले राताम्य बनेको छ। वसन्त ऋतु सुरु भएसँगै डाँडाकाँडामा ढकमक्क फुलेका गुराँस हेर्न जिल्ला भित्र तथा बाहिरबाट दैनिक हजारौं पर्यटकहरू आउने गरेका छन्। यहाँको मनमोहक दृश्य, हिमालको दृश्यावलोकन र गुरुङ संस्कृतिको अनुभव लिन आउने पर्यटकको संख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको स्थानीयवासी बताउँछन्। सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो भाइरल भएपछि अझ बढी पर्यटक आकर्षित भएका हुन्। राइनासकोटमा भूकम्पपछिको पुनर्निर्माणसँगै सामुदायिक होमस्टे सञ्चालनमा आएको हो। यहाँको होमस्टे औपचारिक रूपमा सन् २०१७ डिसेम्बर ८ (२०७४… पुरा पढौ

क्व्होलासोंथार अध्यक्ष कपमा पुरुष र महिला दुबै उपाधी पसगाउँलाई

लमजुङको क्व्होलासोथार गाउँपालिका स्तरीय तेस्रो अध्यक्ष कप २०८२ को पुरुष र महिला दुवैतर्फको उपाधि वडा नं ६ पसगाउँले जितेको छ। युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारको आयोजनामा स्मार्ट भिलेज घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ वडा नं। ५ सिङ्दीलाई हराउँदै पसगाउँ विजेता बनेको हो। निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। पहिलो चरणमा ३–३ को बराबरी भएपछिको सडनडेथमा सिङ्दी गोल गर्न चुकेपछि पसगाउँ ४–३ गोलले विजयी बनेको हो । महिलातर्फको फाइनलमा वडा नं। १ बाग्लुङपानीलाई ३–०… पुरा पढौ

मर्स्याङ्दीमा सडक सुरक्षा सचेतना कार्यक्रम, ब्रेथलाइजर मेसिन हस्तान्तरण

लमजुङको मर्स्याङ्दीमा गाउँपालिकामा सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। मस्र्याङ्दी गाउँपालिकाको आयोजना तथा खुदी युथ र खुदी प्रहरी चौकीको सहकार्यमा सवारी दुर्घटना सम्बन्धी सचेतना कार्यक्रमसँगै ब्रेथलाइजर मेसिन हस्तान्तरण गरिएको हो। मस्र्याङ्दी–९ खुदीस्थित साम्बाचोकमा आयोजित कार्यक्रमका क्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीमार्फत ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेका थिए। उक्त मेसिनले मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।… पुरा पढौ

लमजुङमा ब्लड डोनर्स एप्स सार्वजनिक, रगत व्यवस्थापन अब डिजिटल रुपमा

लमजुङको बेसीशहर युथ सोसाईटी सेराद्वारा विकसित “ब्लड डोनर्स” एप्स सार्वजनिक गरिएको छ। शनिबार बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्यालले एक कार्यक्रम बिच ब्लड डोनर्स एप्सको उद्घाटन गरेका गर्नुभएको हो । यस एप्समार्फत प्रयोगकर्ताहरूले अब आवश्यक रगत कहाँ उपलब्ध छ भनेर खोज्न तथा ब्लड ब्याङ्कमा कति रगत मौज्दात भनेर हेर्न, रगत दान गर्ने दाताहरुको नाम हेर्न तथा एम्बुलेन्स सेवा सम्बन्धी जानकारी लिन सजिलै सक्नेछन्। युवाहरुले समाजमा फाइदा हुने काम गरेकोमा मेयर अर्यालले प्रसंसा गर्दै बेसीशहर युथ सोसाइटीलाई धन्यवाद दिनुभयो । आपतकालिन अवस्थामा… पुरा पढौ