जेनजी शहीद दिवसमा गाउँसहर दरबारमा दीप प्रज्वलन

-


     भरत बाबु घिमिरे     
     भाद्र २३ गते २०८३ मा प्रकाशित


जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा घोषणा गरेको छ। सोही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेंसीशहर नगरपालिका–३ वडा कार्यसमितिले लमजुङको ऐतिहासिक गाउँसहर दरबार परिसरमा दीप प्रज्वलन गरेको छ।

दीप प्रज्वलनमार्फत जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

कार्यक्रममा गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप तीव्रता दिन सम्बन्धित निकायसँग आग्रहसमेत गरिएको छ। बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा सकुशल उद्धारको कामना गर्दै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

त्यस्तै, बाढी तथा जेनजी आन्दोलनलगायत विभिन्न विपद्का क्रममा ज्यान गुमाएका दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको थियो।