भोटेकोशी बाढीपीडितका लागि बमबहादुर विश्वकर्मा परिवारको १ लाख १० हजार सहयोग

-


     नयाँ दीप    
     भाद्र २४ गते २०८३ मा प्रकाशित


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि लमजुङका सुनचाँदी व्यवसायी बमबहादुर विश्वकर्मा परिवारले १ लाख १० हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्।

जय लक्ष्मी सुनचाँदी पसलका सञ्चालक विश्वकर्मा, उनकी श्रीमती गंगादेवी विश्वकर्मा तथा परिवारका तर्फबाट राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो।

सहयोग रकम जम्मा गरेको बैंक भौचर परिवारका तर्फबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरिएको विश्वकर्माले जानकारी दिए।

देश नै शोकमा डुबेको विपद्को अवस्थामा बाढी तथा पहिरोपीडितलाई केही भए पनि राहत पुगोस भन्ने उद्देश्यले परिवारको तर्फबाट सहयोग गरिएको उनले बताए।

विश्वकर्मा लमजुङ सुनचाँदी व्यवसायी संघका अध्यक्षसमेत हुन्।