लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले तिहार, छठलगायतका चाडपर्वलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ। प्रशासनले देउसीभैलो बिहान ७ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न र प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न अनुरोध गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा जारी सूचनामा चाडपर्वका नाममा मादक तथा लागुपदार्थ सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न, सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा नगर्न र अरूको अधिकारमा असर नपर्ने गरी चाडपर्व मनाउन आग्रह गरिएको छ। त्यस्तै, पटका, आतसबाजीलगायतका प्रज्वलनशील…
पुरा पढौ