पर्यटन

भोटेकोशीको विपतबाट लमजुङले पनि गम्भीर पाठ सिक्नुपर्छ

विपत आएपछि राहत र उद्धारमा दौडिनुभन्दा विपत आउनुअघि नै जोखिम पहिचान, पूर्वतयारी र सुरक्षित पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता हो। यसलाई लमजुङको भौगोलिक अवस्था, मिदिम, खुदी, मर्स्याङ्दी–दोर्दी करिडोर, जलविद्युत् आयोजना, सडक, बस्ती र भविष्यको विकास नीति जोडेर अझ गम्भीर राजनीतिक र नीतिगत रूपमा प्रस्तुत गर्न सकिन्छ। लमजुङका लागि अब १० वर्षे ‘विपत् प्रतिरोधी लमजुङ अभियान’ आवश्यक छ , यस अभियानअन्तर्गत: पहिलो चरण: जोखिम नक्साङ्कनदोस्रो चरण: जोखिमयुक्त बस्ती र पूर्वाधार पहिचानतेस्रो चरण: पूर्वसूचना प्रणाली स्थापनाचौथो चरण: सुरक्षित सडक तथा पुल निर्माणपाँचौँ… पुरा पढौ

‘जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको छ’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो । उहाँले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद‍्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो । प्रधानमन्त्री शाहको सम्बोधनको पूर्णपाठ – सम्माननीय सभामुखज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय… पुरा पढौ

बाढीपीडितको घाउमा मलम लगाउन राहत सामग्रीसहित रसुवा प्रस्थान गर्यो लमजुङको लायन्स क्लब

लमजुङ। विपद्को पीडामा परेका रसुवाका बाढीपहिरो प्रभावित नागरिकको सहयोगार्थ लायन्स क्लब अफ लमजुङ ‘टुगेदर वी क्यान’ को टोली राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान गरेको छ। गत भदौ १० गते आएको भिषडा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला पीडितको दुःखमा साथ दिने उद्देश्यले क्लबको टोली प्रभावित क्षेत्रतर्फ गएको हो। क्लबका सदस्यहरू तथा लमजुङका मनकारी व्यवसायीहरूबाट संकलन गरिएको राहत सामग्री बोकेर टोली आफैं रसुवा तर्फ प्रस्थान गरेको हो ।विपद्को यो कठिन घडीमा राज्यको प्रयासका साथै नागरिक तथा सामाजिक संस्थाहरूको भूमिका पनि उत्तिकै… पुरा पढौ

विपदमा ज्यान गुमाएकाको सम्झनामा वृक्षरोपण, जन्मदिनलाई बनाइयो प्रकृति संरक्षणको अवसर

बेँसीसहर रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लमजुङको बेँसीसहर–७ चण्डीडाँडा चौतारा परिसरमा बुधबार वृक्षरोपण गरिएको छ। ज्यान गुमाएकाहरूको आत्मशान्ति तथा वैकुण्ठवासको कामना गर्दै ‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’ र रोटरी क्लब अफ लमजुङको सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको हो। रोटरी क्लब अफ लमजुङका सचिव रेशम घिमिरे र रोटरी सदस्य प्रमोदकुमार श्रेष्ठको भदौ १७ गते नै जन्मदिन परेको हुनाले उहाँहरुले पनि सोही ठाउँमा बृक्षरोपण गर्नुभएको थियो । कार्यक्रममा शान्तिको प्रतीक बौद्ध… पुरा पढौ

नुवाकोटमा बाढीपीडितको सहारा बन्दै एचडीसीएस, ४५० भन्दा बढीलाई उपचार र मनोसामाजिक परामर्श

नुवाकोेट विदुर । त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतसँगै स्वास्थ्य उपचार र मनोसामाजिक सहयोग पुर्‍याउन मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले अभियान सञ्चालन गरिरहेको छ। बाढीका कारण विस्थापित भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ५ सय भन्दा बढी घरपरिवारलाई खाद्यान्न, त्रिपाल, कपडा तथा हाइजिन किट वितरण गरिएको एचडीसीएसले जनाएको छ। संस्थाले स्थानीय अस्पताल तथा जनस्वास्थ्य कार्यालयको क्षमता अभिवृद्धिका लागि ह्विलचियर, मास्क, पन्जा, कुर्सी, त्रिपाललगायत स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको छ। त्यसैगरी अस्पतालका निर्देशक हेमन्त श्रेष्ठको नेतृत्वमा ५… पुरा पढौ

विपद्को घडीमा नाल्माका चित्रजङ्ग गुरुङको प्रेरणादायी सहयोग

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि लमजुङको बेँसीसहर नगरपालिका–५, नाल्माका चित्रजङ्ग गुरुङले रु.१ लाख सहयोग गरेका छन्। बेलायती सेनाबाट अवकाशप्राप्त तथा व्यवसायी गुरुङले आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषको आधिकारिक क्यूआर कोडमार्फत उक्त रकम सहयोग गरेका हुन्। नाल्माका हरेक सुख–दुःखमा साथ दिँदै सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएका गुरुङले देश नै विपद्मा परेको कठिन परिस्थितिमा आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीको पीडामा थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएका छन्। भोटेकोशी… पुरा पढौ

भोटेकोसीको बाढीपछि मर्स्याङ्दी करिडोरमा पूर्वसावधानी, सेन्सर र साइरन जडान

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विभिन्न गाउँ तथा बस्तीमा ठूलो क्षति पुर्‍याएपछि लमजुङको मर्स्याङ्दी करिडोरमा पनि सम्भावित बाढीको जोखिम न्यूनीकरणका लागि पूर्वसावधानी अपनाइएको छ। मनाङबाट लमजुङ हुदैँ बग्ने मर्स्याङ्दी नदीमा अचानक आउन सक्ने बाढी तथा अन्य जोखिमपूर्ण अवस्थाबाट स्थानीय नागरिकलाई समयमै सचेत गराउन करिडोरका विभिन्न जोखिम युक्त क्षेत्रमा अत्याधुनिक सेन्सर तथा साइरन प्रणाली जडान गरिएको हो। दिव्यज्योति हाइड्रोपावर लिमिटेडले मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाअन्तर्गत प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा केही महिनाअघि नै उक्त प्रणाली जडान गरेको जनाएको छ। भोटेकोसीमा बाढीपछि भएको ठूलो… पुरा पढौ

रसुवाबाट उद्धार गरिएका लमजुङवासी घरतर्फ फर्किए

लमजुङ । रसुवाको बाढी–पहिरोबाट उद्धार गरी काठमाडौं ल्याइएका लमजुङका ११ जना नागरिकलाई सुरक्षित रूपमा घरतर्फ पठाइएको छ। उनीहरूलाई काठमाडौंमा खाना तथा बसोबासको व्यवस्था गरी आवश्यक लत्ताकपडासहित सुरक्षित रूपमा लमजुङतर्फ पठाइएको हो। माथिल्लो त्रिशूली जलविद्युत् आयोजना क्षेत्रमा बाढी–पहिरोका कारण फसेका उनीहरूलाई समन्वय तथा उद्धार टोलीको अथक प्रयासपछि हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको थियो। त्यसपछि सम्बन्धित कम्पनीको व्यवस्थापनमा काठमाडौं ल्याई उनीहरूको खानाबस्ने व्यवस्था गरिएको थियो। लमजुङबाट प्रतिनिधिसभा सदस्य धर्मराज केसीका तर्फबाट खटिएको टोलीले काठमाडौंमा उनीहरूसँग भेट गरी स्वास्थ्य तथा अवस्थाबारे जानकारी लिएको थियो। टोलीले… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि लमजुङका दम्पतीले गरे ५ लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमजुङका एक दम्पतीले ५ लाख रुपैयाँ सहयोग गरेका छन्। बेसीशहर नगरपालिका–१०, सालडाँडाका सुवास भण्डारी र पुष्पा अर्याल भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरेका हुन्। रोजगारीका क्रममा दुवै जना हाल माल्टामा रहेका छन्। स्थायी घर सालडाँडा भएका भण्डारी दम्पती पछिल्लो समय चितवनको भरतपुर महानगरपालिका–११, पार्वतीपुरमा बस्दै आएका छन्। विदेशमा रहे पनि देशमा परेको विपद्को पीडामा साथ दिन आफूहरूले सहयोग गरेको उनीहरूले बताएका… पुरा पढौ

भोटेकोशी बाढीपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेका जेठा छोरा इन्दिवर सम्पर्कविहीन

लमजुङ । रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढीपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेका ज्येष्ठ सुपुत्र इन्जिनियर इन्दिवर घिमिरे सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाका प्रोजेक्ट म्यानेजर घिमिरे बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नरहेको जनाइएको छ। बाढीका कारण आयोजनाको क्षेत्रमा क्षति पुगेपछि उनको अवस्थाबारे परिवार चिन्तित बनेको छ। परिवारका अनुसार इन्दिवरको खोजी तथा उद्धार भइरहेको छ। परिवारले उनी सकुशल भेटिने आशा व्यक्त गरेको छ। इन्दिवर घिमिरेको पुर्ख्यौली घर लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडा हो। उनी पछिल्लो समय काठमाडौं महानगरपालिका–२६, कपुरधारामा… पुरा पढौ