राजनीति

क्व्होलासोथार गाउँपालिकालाई कृषि र पर्यटनका माध्यमबाट समृद्ध बनाउन सरोकारवालाको सुझाव

क्व्होलासोथार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रमका लागि राजनीतिक दल सहित सरोकारवालासंग राय सुझाव संकलन गरेको छ । गाउँपालिकाले सोमबार गाउँपालिका केन्द्र मालिङ स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आगामी योजनामा समेटिने कार्यक्रमका लागि निर्माण हुने नीति तथा कार्यक्रम सम्बन्धमा राय सुझाव संकलन गरेको हो । सहभागीले कृषि र पर्यटनका माध्ययमबाट गाउँपालिकालाई समृद्ध बनाउनुपर्नेमा जोड दिँदै दीर्घकालिन नीति निर्माण गर्न सुझाव दिएका थिए । गाउँपालिकाका हरेक वडाले वडाको नीति तथा योजना तर्जुम गर्नुपर्ने, गाउँपालिकाले दीर्घकालिन रुपमा नीति… पुरा पढौ

पाँच महिना पछि विद्यालय व्यवस्थापन समितिले पायो पूर्णता

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ माा रहेको यशोब्रह्म माध्यमिक विद्यालयको अध्यक्षमा तिलक दुलाल निर्वाचित हुनुभएको छ । अभिभावकहरुको भेलाबाट छनोट भएका सदस्यहरुको बहुमतले दुलाललाई अध्यक्षमा चयन गरेको हो । यस अघि २०८० साल फागुन १ गते विद्यालयमा भएको अभिभावक भेलाबाट ३ जना र पछि एकजना दलित सदस्य छनोट गरिएको थियो । समितिका अन्य सदस्यहरुमा कृष्णबहादुर भुजेल र महिलातर्फबाट तारा परियार र दलित सदस्यमा कर्मा परियारलाई चयन गरिएको थियो । त्यस्तै बेसीशहर वडा नं ३ का वडाध्यक्ष चित्रबहादुर दनाई, नगरपालिकाको… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत, माओवादीको चिह्नबाट चुनाव जितेका देवकोटाद्वारा ’फ्लोर क्रस’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र) को चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले समेत मत दिएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउनुभएको हो । आजको प्रदेश सभामा भएको मत विभाजनमा देवकोटाले माओवादी संसदीय दलको ’ह्विप’ विपरीत ’फ्लोर क्रस’ गर्नुभएको छ । मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ सांसदको मत परेको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिनुभयो । यसअघि अल्पमतमा परेर मुख्यमन्त्रीको पद गुमाएका पाण्डेलाई आज भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई जना र स्वतन्त्र सांसद… पुरा पढौ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि लिए शपथ

नयाँदिल्ली — भारतको प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् । लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो । उनलाई गत शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित दक्षिण एसिया विभिन्न मुलुकका राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरू पुगेका छन् । मौरिससका राष्ट्रपति… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टबाट बुधबार मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ लिएका छन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका लमजुङका गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गुरुङलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । आजमात्रै प्रदेश प्रमुख भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । १४ जेठमा सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको… पुरा पढौ

स्मारिका विमोचन कार्यक्रममा डेढसय शिक्षकहरु सम्मानित

नेपाल शिक्षक संघ लमजुङले “शैक्षिक उन्नयन स्मारिका २०८१” विमोचन गरेको छ । गणतन्त्र दिवशको अवसर पारेर मगंलबार एक समारोहका विच संघले स्मारिका विमोचन गरेको हो । स्मारिका विमोचन कार्यक्रमका प्रमुख अतिथी शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतित्थ्यतामा भएको थियो । १ सय ९० पेजको शैक्षिक उन्नयन स्मारिकामा शिक्षक संघको स्थापनादेखि हाल सम्मका कार्य समितिको विवरण, अन्य शैक्षिक गतिविधी, लेख रचना, सूचनाहरु लगायतका विषयबस्तु समेटिएको अध्यक्ष सूर्य केसीले बताउनुभयो । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति लमजुङका अध्यक्ष सूर्य… पुरा पढौ

आज गणतन्त्र दिवस: देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज १७ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन २०६२\६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक… पुरा पढौ

शैक्षिक उन्नयन स्मारिका २०८१ विमोचनको तयारीमा

नेपाल शिक्षक संघ लमजुङले स्मारिका प्रकाशनको तयारी तिब्र बनाएको छ । यहि जेठ १५ गते गणतन्त्र दिवशको अवसरमा संघले स्मारिका प्रकाशन गरी विमोचन गर्ने तयारी गरेको हो । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति लमजुङले आफ्नो स्थापना दिवशको उपलध्यक्षमा प्रकाशन गर्न लागेको स्मारिकाको सबै तयारी पूरा भएको र अब छपाईको काम मात्रै बाँकी रहेका संघ अध्यक्ष सूर्य केसीले बताउनुभयो । “शैक्षिक उन्नयन स्मारिका २०८१” नामक स्मारिका शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतित्थ्यतामा विमोचन गरिने प्रकाशन समितिका संयोजक तिर्थराज… पुरा पढौ

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाइ

काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाण्डौको फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेको हो । यसअघि बलात्कारको कसुरमा दोषी ठहर गर्दै सन्दीपलाई जिल्ला अदालत काठमाण्डौले आठ वर्ष कैद र पाँच लाख जरिबानाको सजाय सुनाएको थियो । यो फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।२०७९ सालको… पुरा पढौ

बेसीशहरको फ्रेस हाउसमा कुहिएको मासु

लमजुङको बेसीशहरका ३ वटा मासु पसलमा कुहिएका मासु फेला परेका छन् । सोमबार बेसीशहर बजारका फ्रेस हाउसमा अनुगमन गर्दा यस्तो फेला परेको हो । बजार क्षेत्रका ११ वटा मासु पसलको अनुगमन गर्दा त्रिवेणी टोलमा रहेको सगुन संगम इन्टरप्राइजेज, झिङ्गे खोलामा रहेको डि.के सप्लायर्स र मिलापको बङ्गुर फ्रेस हाउसमा फ्रिजमा राखेको मासु लामो समयसम्म राखेकोले सडेको, सरसफाइ नदेखिएको मासु काट्दा एप्रोनको प्रयोग नगरेको भन्दै आवश्यक निर्देशन सहित प्रतिव्यक्ति ५ हजार रुपैया जरिवाना लगाइएको जिल्ला प्रशासनका खरिदार दिननाथ अधिकारीले बताउनुभयो । लमजुङ… पुरा पढौ