राजनीति

अस्पताल सुरु भएको ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा

लमजुङमा जिल्ला अस्पताल सुरु भएको करिव ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा आएको छ । २०४२ सालमा भवन निमार्ण गरी सुरु भएको जिल्ला अस्पतालको सेवा क्रमश विस्तार गर्ने क्रममा करिब ४ दशक पछि आइसियु कक्ष सञ्चालनमा आएको हो । आइसियु कक्षको शनिबार नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नभएको छ । सो अवसरमा मन्त्री गुरुङले नेपालको संविधानको मौलिक हकमा व्यवस्था भएको शिक्षा र स्वास्थ्य लागु गर्ने सरकारको जिम्वेवारी भएकाले त्यो पुरा गर्ने अभियानमा सरकार लागेकोे बताउनुभएको छ… पुरा पढौ

बेसीशहर वडा नम्बर ११ लाई बालमैत्री वडा घोषणा

६० औं राष्ट्रिय बालदिवसको अवसर पारेर लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिलाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेसँगै बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिलाई शनिवार बालमैत्री वडा घोषणा गरिएको हो । चितीमा रहेको जनकल्याण माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रमको प्रमुख अतिथि बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले वडा नम्बर ११ का वडा अध्यक्ष शिवप्रसाद जोशीलाई बालमैत्री वडा भएको प्रमाणपत्र प्रदान गरेर वडा नम्बर ११ बालमैत्री वडा… पुरा पढौ

बेसीशहर नगरपालिकाको निर्णय सच्चाउन शिक्षक संघको माग

नेपाल शिक्षक संघ लमजुङले बेसीशहर नगरपालिकाले शिक्षक प्रति गरेको निर्णयलाई सच्चाउन माग गरेको छ । आइतबार बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै बेसीशहर ७ मा रहेको जनविकास माविका प्र.अ एकदेव घिमिरेलाई गरिएका भन्ने काज सरुवाको निर्णय सच्चाउन माग गरेको हो । नेपाल शिक्षक संघ लमजुङका अध्यक्ष सूर्यबहादुर के.सी र नेपाल शिक्षक संघ बेसीशहर नगर इकाइका अध्यक्ष एकदेव घिमिरेद्धारा हस्ताक्षरित पत्रमा बर्षे विदाको समयमा बद्नियत र पूर्वाग्राही भई जनविकास माविका प्र.अ एकदेव घिमिरेलाई प्र.अ बाट मुक्त गर्ने र काज… पुरा पढौ

देशमा संकटको अवस्था आउँदा काङ्ग्रेस एमाले मिल्नुको विकल्प छैन : सञ्चार मन्त्री गुरुङ

देशमा संकटको अवस्था आउँदा देशका ठूला तथा मुख्य पार्टी नेपाली काङ्ग्रेस र नेकपा एमाले मिल्नुको विकल्प नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विगत देखि नै राष्ट्रिय घटनाक्रम अनुसार कांग्रेस–एमाले मिलेर समस्याको समाधान गर्दै आएको दावी गर्नुभयो । एक डेढ वर्षको अवधिमा २⁄३ पटक… पुरा पढौ

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको समर्थन

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको समर्थन प्राप्त गर्नुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै प्रधानमन्त्रीको विपक्षमा ७४ जना सांसदले मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । आजको बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १ सय ८४ जना सांसदको समर्थन आवश्यक पर्छ ।… पुरा पढौ

बाढी र पहिरोमा परि एक महिनामा १ सय २४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २४ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ८… पुरा पढौ

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ समारोहमा सांसदहरूलाई निम्तो

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आज आइतबार प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गर्नुभएको हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै भए पनि शपथ कार्यक्रम भने भोली सोमबार हुनेछ । प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले सङ्घीय सांसदहरूलाई निम्तो समेत पठाएको छ । शपथ भोलि बिहान… पुरा पढौ

३ दिन सम्म पनि त्रिशूलीमा बेपत्ता यात्रु र बसको अज्ञात, विदेशबाट थप उपकरण ल्याउने तयारी

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटाको अवस्था अझै अज्ञात रहेको छ । त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भैरहेको गृहसचिव एकनारायण अर्यालले बताउनुभएको छ । अर्यालले सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित घटनास्थल पुग्नुभएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दूतावाससँग कुरा भइरहेको जानकारी दिनुभयो । पहिरोमा परी त्रिशूली नदीमा खसेका… पुरा पढौ

जनविकास माविमा नयाँ नेतृत्व चयन

लमजुङ सदरमुकाम बेसीशहर वडा नं ७ मा रहेको जनविकास माध्यमिक विद्यालयको व्यवस्थापन समिमतिको अध्यक्षमा खुशीराम बराल निर्वाचित हुनुभएको छ । बुधबार विद्यालयमा भएको नवनिर्वाचित सदस्यहरु बैठकको बहुमतबाट अध्यक्षमा बराललाई चयन गरिएको हो ।त्यस्तै अभिभावक भेलाबाट सदस्यहरुमा कुमार विक, फुलकुमारी थापा, रिपुमर्दन केसी निर्वाचित हुनुभएको छ भने बेसीशहर नगरपालिकाबाट प्रतिनिधी बुद्धीसागर बराल, पदेन सदस्यमा वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेत र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक एकदेव घिमिरे रहनुभएको छ । व्यवस्थापन समितिको लागि शिक्षक प्रतिनिधी भने छनोट नभएको विद्यालयका शिक्षक… पुरा पढौ

१० बर्ष पछि बेसीशहर खानेपानीको अधिवेसन, त्रिपक्षिय भिडन्त हुँदै

लमजुङको सदरमुकाम बेसीशहरमा रहेको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनको लागि उमेदवार सार्वजनिक गरिएको छ । यही असार ७ र ८ गते तय भएको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११ औं साधारण सभा एवं पाँचौ अधिवेशनबाट नयाँ नेतृत्व चयन लागि तीन दलले आफ्नो उमेदवारको नाम सार्वजनिक गरेको हो । अधिवेशनको दिन नजिकिएसगँै नेपाली काग्रेसले मंगलबार लोकतान्त्रिक समूहमा लोकेन्द्र गुरुङ अध्यक्ष, आशकुमारी गुरुङ उपाध्यक्ष, चन्द्रकान्त पौडेल सचिव र भगवान् पियालाई कोषाध्यक्षमा उमेदवार खडा गरेको छ । त्यस्तै महिला सदस्यहरुमा… पुरा पढौ