
जन्मदिनमा वृक्षरोपण अभियान नेपालले अभियानलाई सरकारको बार्षिक नीति तथा कार्यक्रममा समेट्न अनुरोध गरेको छ ।
अभियान नेपालले स्थानीय, प्रदेश र संघ तिनै तहका सरकारलाई “जन्मदिनमा वृक्षरोपण कार्यक्रम” लाई सम्बोधन हुने गरि सरकारको बार्षिक नीति तथा कार्यक्रममा समेट्न अनुरोध गरेको हो ।
जलवायु परिवर्तनको प्रभाव न्युनिकरण, प्रकृति वातावरण संरक्षण, आर्थिक सम्बृद्धि, सभ्य सु–संस्कृत समाज निर्माण लगाएतका मुख्य एजेन्डा लिएर अगाडि बढेको अभियानमा सरकारको पनि चासो हुनसके मुर्तरुप लिन सक्ने अपेक्षा गरेको छ । सार्वजनिक साथै निजी बाँझो जमिनको सदुपयोग, रोजगारीको सिर्जना, फलफूल जडिबुटी र लाभदायक काठहरुमा आत्मनिर्भरको योजना अभियानको छ ।

पर्यावरणीय सन्तुलन कायम राख्दै मानिस लगाएत पृथ्वीमा रहेका सबै प्राणीहरुको बाँच्न पाउने अधिकारको सम्मान अभियानको मुख्य उद्देश्य छ अभियानका अध्यक्ष बासुदेव सेढाँइले बताउनुभयो ।
जन्मदिनमा वृक्षरोपण अभियानले वृक्षरोपण सँगै समुदायमा पुगेर जागरण कार्यक्रम अभियानले संचालन गर्दै आएको छ । स्वत स्फुर्त रुपमा सर्वसाधारण नागरिकहरुले २०७५ सालबाट सुरुवात गरेर यहाँसम्म ल्याउन सफल रहेको अभियान सरकारको पनि दृष्टि पर्नसके थप प्रभावकारी हुने अध्यक्ष सेढाईको बिश्वास छ ।

पृथ्वी बचाउने हामी मानवको दायित्वको सन्देश स्वरुप आफ्नो शुभ जन्मदिनमा न्युनतम एउटा वृक्षरोपण गरेर जन्मदिन मनाउने प्रचलन फैलदै गएको छ । प्रकृतिको अवैध दोहन आजको मुख्य चुनौती हो यसलाई निरुत्साहित गर्न अभियानले सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ विकृति विसंगति बाट रोक्न उर्जावान र सचेत तर बेरोजगार रहेका युवाहरुलाई उत्पादन टिम बनाएर आफ्नो गाउँ आफै बनाउ कार्यक्रममा समावेश गरी गाउँको विकासमा जोड दिन अभियान क्रियाशील रहेको छ ।
पर्यटनको आकर्षणका लागि सुन्दर आकर्षक हरियाली र स्वच्छ वातावरण बनाउन जरुरी रहेको र जसले गर्दा स्वदेश तथा विदेशमा समेत राम्रो प्रभाव पार्न सकिने अभियान्ताहरुले बताएका छन् । प्रत्येक विकास निर्माणका आयोजना संचालन गर्दा प्रकृति र वातावरणमा ध्यान दिन अभियानले सचेत गराउँदै आएको छ ।
अभियानको उद्देश्य प्राप्तिका लागि अभियानले सरकारसंग सहयोगको अपिल गरेको छ र यस्तो महत्त्वपूर्ण, सन्देशमुलक र पवित्र कार्यक्रम (जन्मदिनमा वृक्षरोपण) सरकारको बार्षिक नीति कार्यक्रममा समावेश गरिदिनुहुन जन्मदिनमा वृक्षरोपण अभियानले अनुरोध छ ।
प्रकृति र बातावरण बचाउ भन्दै जन्मदिनमा वृक्षरोपण अभियान नेपाल देश तथा विदेशसम्म फैलिदै गएको छ । ६ वर्ष अघि लमजुङबाट जन्मदिन अवसरको कम्तिमा एउटा विरुवा रोप्ने गरी सुरु भएको अभियान अहिले देशको ६५ जिल्लामा पुगिसेको छ । अहिले बालक, देखि ज्येष्ठ नागरिक, शिक्षक, राजनीतिकर्मी, कर्मचारी, समाजसेवी, मन्त्री देखि प्रधामन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत आफ्नो जन्मदिन वृक्षरोपण गरेर बनाउने परम्पराको विकास हुँदै गएको छ ।
प्रकृति वातावरण संरक्षण, प्राणी जगतको रक्षा, आर्थिक उन्नती, असल र सभ्य संस्कारको विकास र सर्वगुण सम्पन्न मानवको परिकल्पना गर्दै लमजुङ जिल्लाबाट सुरुवात भएको अभियान हाल राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेको छ ।









