राजनीति

एमाले लमजुङको नवौं अधिवेशनमा अधिकारी र विष्ट अध्यक्षका लागि भिड्दै

नेकपा एमाले जिल्ला कमिटी लमजुङको नवौं अधिवेशनमा नेतृत्वको लागि अध्यक्षमा निर्वतमान अध्यक्ष कृष्णप्रसाद अधिकारी र राजकुमार विष्ट चुनावी प्रतिश्पर्धामा उत्रिएका छन् । त्यस्तैगरी उपाध्यक्ष पदका लागि सुवास पौडेल र जितबहादुर गुरुङ, सचिवका पदका लागि राजेन्द्र बोहरा र जनकराज मिश्र र उपसचिव पदका लागि विवश बुढाथोकी र राजेन्द्र अधिकारी चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमाले जिल्ला कमिटी लमजुङको नवौं अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भैरहेकोे छ । सकेसम्म सबै पदको लागि सहमती जुटाउने प्रयास गरेपनि सहमती हुन नसकेपछि मतदान प्रकृया… पुरा पढौ

स्थापना दिवशको अवसरमा पत्रकार महासंघद्धारा फलफूल वितरण

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा लमजुङ शाखाले मानव सेवा आश्रम र आदर्श बाल गृह वेसीशहरमा फलफूल वितरण गरेको छ । मानव सेवा आश्रममा रहेका २६ जना आश्रितहरुका लागि र बाल आश्रममा रहेका १२ जान बालबालिकाहरुका लागि नेपाल पत्रकार महासंघ लमजुङ शाखाले फलफूल वितरण गरेको हो । कार्यक्रम नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य नविनराज कुईकेल, पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, प्रेस यूनियनका उपाध्यक्ष गणेश पाण्डे,… पुरा पढौ

छात्रालाई कुटपिट गर्ने शिक्षकलाई निष्काशन

लमजुङको सुन्दरबजार स्थित एक निजि विद्यालयमा अध्ययनरत छात्रामाथि प्रश्नको उत्तर नजानेको भन्दै निर्घात कुटपिट गर्ने शिक्षिकालाई विद्यालयबाट हटाइएको छ । सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत ११ बर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर नदिएको भन्दै हेल्थ शिक्षिका फराना मियाँले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएपछि विद्यालयले यस्तो निर्णय गरेको हो । आइतबार कक्षामा घोकेर आउ भनेर दिएको प्रश्नहरु नघोकेको भन्दै शिक्षिकाले छात्रालाई पिटेकी थिइन् । पिडित पक्षको माग अनुसार सोमबार बसेको पिडित छात्राको अभिभावक,… पुरा पढौ

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ — माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए । उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसद्मा माग उठेको थियो । पूर्वसभामुख… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १ सय ५७ जनाले मत दिए भने १ सय १० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे ।बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये २ सय ६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १ सय ३८ जनाको समर्थन जुटाउनुपर्थ्यो । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत… पुरा पढौ

परीक्षामा धेरै जिपिए ल्याउने विद्यालयलाई शिक्षक संघको सम्मान

शिक्षक संघको जिल्ला प्रतिनिधी सभा कार्यक्रम सम्पन्न भएको छ । शनिबार बेसीशहर लक्ष्मीनारायण पुस्तकालयको सभा हलमा नेपाली कागे्रसका केन्द्रिय सदस्य तथा राज्य व्यवस्था समितिका पूर्व सभपति दिलबहादुर घर्तीको प्रमुख आतित्थ्यतामा भएको हो । नेपाल शिक्षक संघ लमजुङका अध्यक्ष सूर्यबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु भेषबहादुर पौडेल, डा. टकराज गुरुङ, पार्वती तामाङ, नेपाली काग्रेंस गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरी बराल, नेपाल शिक्षक संघका संघिय पूर्व उपमहासचिव नुरमहोमद मिया, शिक्षक संघका संघिय सदस्य विष्णुमाया भण्डारी, शिक्षक संघ गण्डकी… पुरा पढौ

फलफूल, जडिबुटी र लाभदायक वृक्षरोपणमा जोड दिनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा वृक्षरोपण गर्दा फलफूल, जडिबुटी र लाभदायक वृक्षारोपण गर्नुपर्ने बताउनुभएको छ । आफ्नो जन्मदिनको अवसरमा ललितपुर काे च्यासल स्थित पार्टी कार्यालय परिसरमा वृक्षरोपण गर्दै ओलीले पर्यावरण संरक्षण पहिलो प्राथमिकता भएकाले वातावरण संरक्षणमा जन्मदिनमा वृक्षरोपण अभियान नेपालले ठुलो योगदान गरेको धारणा राख्नुभयो । पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा उहाँले वृक्षरोपण गर्नुभएको हो । ओली पहिलो पटक २०७८ साल फागुन ११ गते आफ्नो निवास बालकोटमा जन्मदिनमा वृक्षरोपण अभियानमा सरिक हुनुभएको थियोे । वृक्षरोपण… पुरा पढौ

कृषि क्याम्पसमा विद्यार्थीहरु बिच झडप, ४ जना गम्भिर घाइते

लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं २ मा रहेको लमजुङ कृषि क्याम्पसमा शनिबार विद्यार्थी संङगठन बिच झडप भएको छ । दुई विद्यार्थी संङठन बिच झडप हुँदा ४ जना विद्यार्थीहरु घाइते भएका छन् । झडपमा परी घाइते गम्भिर घाइते भएका ४ जनालाई मध्ये २ जना विराज सुवेदी र टिकाराम ढकाललाई चितवन र मदन रिमाल र वेदान्त घिमिरे २ जनालाई पोखरा लगिएको छ । अन्य ७ जना घाइते विद्यार्थीलाई स्थानीय कर्मदा हस्पिटलमा सामान्य उपचार गरी डिस्चार्ज गरिएको छ । क्याम्पसमा भर्ना हुन… पुरा पढौ

पुरानकोटमा २८ पिर्के रोटे पिङ निमार्ण

लमजुङको बेसीशहर नगरपालिका वडा नं. ४ पुरानकोटमा २८ पिर्के रोटे पिङ निमार्ण गरिएको छ । उक्त पिङको बुधवार एक कार्यक्रमका विच बेसीशहर नगपालिका प्रमुख गुमानसिहं अर्यालले उद्घाटन गर्नुभएको हो । पुरानकोटको स्थानीय बुद्ध मिलन समाजले तामाङ समुदायको विशेष पर्व २८६० औँ सोनाम ल्होसारको अवसरमा पुरानकोट फोस्रेमा परम्परागत २८ पिर्के रोटेपिङ निमार्ण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले परम्परागत रोटेपिङले गाउँघरमा रौनक हुनुका साथै आन्तरिक पर्यटन प्रर्वद्धन र संस्कृति संरक्षणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय… पुरा पढौ

अपांग मैत्री लिफ्ट सहितको प्रशासकीय भवन बन्ने

लमजुङको दोर्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । भवनको गाउँपालिका अध्यक्ष श्री युवराज अधिकारीले बुधबार एक कार्यक्रमका बिच औपचारिक रुपमा शिलान्यास गर्नुभएको हो । राष्ट्रिय योजना आयोग र स्थानीय तहको ५०÷५० को अनुपातमा भवन बन्नेछ । स्थानीय तहको ५० प्रतिशत मध्ये स्थानीय पूर्वाधार(म्इीक्ष्)को १० प्रतिशत र दोर्दी गाउँपालिकाको ४० प्रतिशत मा जम्मा ८ करोड ४४ लाख ४६ हजार ३ सय ६३ रुपैयाँ ८० पैसाको इस्टिमेट गरेर ठेक्का प्रक्रिया अघि बढाइएको छ । प्राविधिक र आर्थिक प्रस्तावमा सवै… पुरा पढौ