आगोलागीमा परी महिलाको मृत्यु

-


     नयाँ दीप    
     जेठ १४ गते २०८२ मा प्रकाशित


लमजुङको सुन्दरबजारमा भएको आगलागीमा परी एक जना बृद्धको ज्यान गएको छ । दोर्दी गाउँपालिका १ घर भई सुन्दरबजारमा कोठा भाडामा बस्दै आएकी ७० बर्षिय मिठि थापाको आगलागीमा परी ज्यान गएको हो ।

थापा सुन्दरबजार नगरपालिका वडा नं ९ बुद्ध टोल रहेको भरत थापाको ३ तलाको पक्की घरमा बिच फ्ल्याटमा कोठा भाडा लिई बस्दै आएकी थिइन् ।

विहानपख साँडे ३ बजेतिर आगलागी भएको थाहा पाएपछि प्रहरी र स्थानीयको सहयोगमा आगलागी भईरहेको कोठाको ढोका फुटाई भित्र प्रवेश गरि तत्काल आगो नियन्त्रणमा लिएका थिए र अचेत अवस्थामा फेला परेकी घाईते थापालाई तत्काल प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो । अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

मृतकको अनुहार र खुट्टाको भाग सामान्य जलेको अवस्थामा फेला परेको थियो भने आगलागीबाट कोठाका अन्य सामान जलेर नष्ट भएको छ । के कति कारणले आगलागी भयो भन्ने सम्वन्धमा थप अनुसन्धान भईरहेको सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो ।