जन्मदिनमा विद्यालयमा संयुक्त वृक्षरोपण कार्यक्रम

-


     नयाँ दीप    
     असार ७ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं २ भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा परिसरमा जन्मदिनमा वृक्षरोपण कार्यक्रम अन्तरगत वृक्षरोपण गरिएको छ । जन्मदिनमा वृक्षरोपण अभियान नेपालका संस्थापक सल्लाहकार शिवराम सिलुवाल, अभियन्ता कल्पना पाण्डे र अभियन्ता अंकित पाण्डेको जन्मदिनको अवसर पारी संंयुक्त रुपमा विद्यालय परिसरमा विरुवा रोपिएको हो ।

बेसीशहर वडा नं २ वडा सदस्य रिता अधिकारी, फेवा टेलिभिजन लमजुङ संवाददाता प्रमोद अधिकारी, विद्यालयका प्र.अ तथा शिक्षकहरु, विद्यार्थीहरुको उपस्थितिमा वृक्षरोपण गरिएको हो । विद्यालयको अतिरिक्त कार्यक्रम अन्तरगत जन्मदिनमा वृक्षरोपण कार्यक्रम समावेश गरेर अभियानसंग सहकार्य गरि पर्यावरण संरक्षणमा ऐक्यबद्धता जनाउन पाएकोमा प्र.अ बरालले अभियान लाई धन्यवाद दिनुभयो ।

वडा सदस्य रिता अधिकारीले अभियानमा राज्यको चासो हुनुपर्ने धारणा राख्नुभयो । संस्थापक सल्लाहकार शिव सिलुवालले अभियानको महत्व, र हाल भैरहेको गतिविधिबारे जानकारी गराउदै जन्मदिनको अवसरमा विद्यालय परिसरमा वृक्षरोपण गरेर सम्पूर्ण विद्यालय परिवारका साथमा जन्मदिन मनाउन पाएकोमा अत्यन्तै खुशी लागेको बताउनुभयो ।

जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार बासुदेव सेढाईको अध्यक्षतामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको थियोे ।