त्रिवेणी क्लवको बार्षिक आय व्यय सार्वजनिक

-


     भरत बाबु घिमिरे    
     असार ७ गते २०८२ मा प्रकाशित


लमजुङ जिल्लाकै सर्वाधिक चर्चित ३२ औं त्रिवेणी कपको सार्वजनिक सुनुवाई एवं दाताहरुलाई सम्मान कार्यक्रम गरिएको २०८२ गरिएको छ । शुक्रबार बेसीशहरमा सरोकारवालहरुको उपस्थितीमा आयव्यय सार्वजनिक गरिएको हो ।

आयोजक त्रिवेणी युवा क्लवका सहकोषाध्यक्ष सुमन श्रेष्ठले ३२ औं त्रिवेणी कपको १ करोड ३६ लाख १ हजार ७ सय ९९ रुपैयाँको आयव्यय सार्वजनिक गर्नुभएको थियो । जसमा बैदेशिक सहयोग ११ लाख १ हजार ८ सय १९, प्याराफिट टिकट आम्दानी ३० लाख ३० हजाार ६ सय, रसिद सहयोग २० लाख १ हजार ९ सय ७५, प्रदेश सरकारबाट प्राप्त १९ लाख ९ हजार ५ सय ३५, बेसीशहर नगरपालिकाबाट ३ लाख ९४ हजार ५६, मध्यनेपाल नगरपालिकाबाट १ लाख ९७ हजार १ सय ४६, मस्र्याङ्दी गाउँपालिकाबाट १ लाख ७ हजार ६ सय ३०, क्होलासोथार गाउँपालिकाबाट ५२ हजार ४ सय २५ र दुधपोखरी गाउँपालिकाबाट २४ हजार ५ सय ७४ रुपैयाँ र क्लवले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा विभिन्न संघ संस्थाबाट ३७ हजार ४ सय ७४ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको जानकारी गराइएको थियो ।

त्यस्तैगरी ३२ औं त्रिवेणी कपमा पुरस्कार खर्च १७ लाख ९३ हजार, रेफ्रि खर्च ४ लाख ३० हजार, प्रत्यक्ष प्रसारण खर्च १ लाख ५० हजार, आन्तरिक टिम व्यवस्थापन खर्च २० लाख ५७ हजार, ग्राउन्ड मर्मत सम्हार खर्च ११ लाख ७२ हजार ३ सय ६४, मायाको चिनो एवंम खेलाडी सम्मान खर्च १ लाख ४८ हजार ४ सय ६०, त्रिवेणी साझँ खर्च ४ लाख १५ हजार, खेल सञ्चालन खर्च ३ लाख ४४ हजार ३ सय, घलेगाउँ आमन्त्रित खेल खर्च ३ लाख १ हजार ३ सय ४०, स्वास्थ्य शिविर खर्च १ लाख ७९ हजार, टिकट भोलेन्टिर खाना, खाजा, पारिश्रमक खर्च २ लाख ५४ हजार रुपैयाँको खर्च विवरण सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा खेल अवधीभर अनलाईन, प्याराफिट र नन प्याराफिटबाट गरी २ लाख ९२ हजार दर्शकले त्रिवेणी कपको अवलोकन गरेको बताइएको थियो ।

त्रिवेणी युवाक्लवका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी अर्यालले आम्दानी, खर्च धेरै वा थोरै भन्दा पनि क्लवले यसरी सार्वजनिक सुनुवाई गर्ने कार्य क्लवको सकारात्मक पक्ष भएको भन्दै निकै सराहनिय कार्य रहेको बताउनुभयो ।क्लवले अयोजना गर्ने त्रिवेणी कपको कारण देश विदेशका युवाहरुलाई जोडेने काम भएको भन्दै सन्सारभर जिल्लाले चर्चा पाएकोमा प्रमुख अर्यालले खुशी व्यक्त गर्नुभएको थियो । आगामी दिनहरुमा त्रिवेणी कपमा जिल्ला भित्रकै खेलाडिहरुलाई फूटवल खेलमा प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा त्रिवेणी युवाक्लवका संस्थापक अध्यक्ष कृष्णबहादुर अधिकारीले क्लवले स्थापना काल देखि हाल सम्म गरेका सङ्घर्षका बारेमा बताउनुभएको थियो । क्लवका सचिव प्रविण वाग्लले सहजिकरण गरेको कार्यक्रममा चन्दादाताहरुलाई प्रमाणपत्र हस्तान्तरण गदै सम्मान गरिएको थियो ।