
जन्मदिनमा वृक्षरोपण अभियान नेपालले पर्यावरणमा भएको असन्तुलनले धेरै प्राणीहरु बाँच्न कठिन भएको, कतिपय लोप भईसकेको र कति लोप हुने अवस्थामा पुगेकोले सबै प्राणीहरुको अस्तित्व रक्षाका लागि उनीहरु बाँच्न सहज हुने पर्यावरण कायम राख्न मानव समुदायलाई अपिल गरेको छ ।
५३ औं विश्व बातावरण दिवशको अवसरमा विहिबार लमजुङको बेसीशहरमा “प्रकृतिको संरक्षण, वातावरण स्वच्छता, प्राणी अनुकुल पर्यावरण अभियानको प्रतिबद्धता” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा अभियानले यस्तो अपिल गरेको हो ।
बेसीशहरको मनाङे चौताराबाट सुरुवात भएको जागरण रयाली बेसीशहर ८ स्थित प्रकृति नारी समाज भवन परिसरमा पुगेर वृक्षरोपण गरी समापन भएको थियोे ।

सो कार्यक्रममा बेसीशहरमा रहेको युनिभर्सल एकेडेमीका विद्यार्थीले साइकल ¥याली निकालेका थिए । उनीहरुले विभिन्न जनचेतनामूलक तथा सन्देशमूलक प्लेकार्ड साइकलमा राखेर बेसीशहर बजार परिक्रमा गरेका थिए ।
विश्व बातावरण दिवशको अवसरमा विहिबार लमजुङको बेसीशहरमा “प्रकृतिको संरक्षण, वातावरण स्वच्छता, प्राणी अनुकुल पर्यावरण अभियानको प्रतिबद्धता” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा अभियानले यस्तो अपिल गरेको हो ।
बेसीशहरको मनाङे चौताराबाट सुरुवात भएको जागरण ¥याली बेसीशहर ८ स्थित प्रकृति नारी समाज भवन परिसरमा पुगेर वृक्षरोपण गरी समापन भएको थियोे ।

सो अवसरमा जन्मदिनमा बृक्षरोपण अभियानका संयोजक तथा परिकल्पनाकार बासुदेव सेढाईले जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरी सबै प्राणी बाँच्न सक्ने प्राणी अनुकुलको पर्यावरण, प्रकृति वातावरण मैत्री विकास, सर्वगुण सम्पन्न मानव सहितको सभ्य सु–संस्कृत मानव समाज निर्माण जन्मदिनमा बृक्षरोपण अभियानको मुल उद्देश्य रहेको र यस्तो सन्देश बिश्वभर फैलाउन लागि परेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तन र प्रदुषणको कारणले सामाजिक, आर्थिक, राजनीतिक लगाएत सबै क्षेत्र प्रभावित भएकोले पर्यावरणलाई प्राथमिकता राखेर सरकारले नीति कार्यक्रम बनाउन पर्ने सेढाईको धारणा थियोे ।
कार्यक्रममा लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यलय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डे, चिती कार्किडाँडा सेवा समाजका अध्यक्ष एबं अभियानका सल्लाहकार शिवराम सिलुवाल, लमजुङ साइक्लिङ सघं, ट्राफिक प्रहरी कार्यलय, न्यु ईरा बोर्डिङ स्कुल, विद्याविकास मा.वि, युनिभर्सल एकेडेमी, जनविकास मा.वि.बेसीशहर, फुलवारी आमा समुह, प्रकृति नारी समाज, जनचेतना आमा समुह, विभिन्न संघ संस्थाका प्रमुख एबं प्रतिनिधि र जन्मदिनमा वृक्षरोपण अभियानका अभियन्ताहरु एवम् पत्रकार लगायतको उपस्थिती थियोे ।
जनविकाश मा.वि. चण्डीडाँडाका शिक्षक राजु थापाले जन्मदिनमा वृक्षरोपण अभियानको महत्व र यसले गरिरहेको गतिविधि बारेमा सबैलाई जानकारी गराउनुभएको थियोे ।









