
लमजुङको बेसीशहर नगरपालिका वडा १ उदिपुरबाट रिठेबगरतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बेसीशहर वडा नं. १ उदिपुर ढाडगाँउ बस्ने बर्ष ३१ बर्षिय अहिर परियारको मृत्यु दुर्घटनामा मृत्यु भएको हो ।
सोमबार साँझ ५ बजेको समयमो प्रदेश ०२०३–००१ त.५४३० नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्न जाँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि मृत्यु भएको ट्याक्टर चलक परियारको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल बेसीशहर लमजुङ ल्याईको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभएको छ ।









