लमजुङको क्व्होलासोथार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकले गाउँपालिकाको विकासमा चासो देखाएका छन् । उनीहरुले विकासविना समृद्धि हासिल गर्न नसक्ने भएकाले नागरिकको प्रत्यक्ष सहभागितामा चौतर्फी विकासको योजना बनाएर लागू गर्न गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सुझाव दिए । क्व्होलासोथार गाउँपालिका ७, उपल्लो चरागाउँमा शुक्रबार क्व्होलासोथार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को दोस्रो चौमासिकमा सञ्चालित विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाई आयोजना गरिएको थियो । सार्वजनिक सुनुवाइमा स्थानीयले सडकको सुधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन साथै करलगायतको विषयमा जिज्ञासा…
पुरा पढौ