गुणस्तरिय पानी उपलव्ध गराउने जिम्मा सरकारको होः खानेपानी मन्त्री यादव

-


     नयाँ दीप    
     चैत्र ६ गते २०८१ मा प्रकाशित


नगारिकलाई सहज रुपमा गुणस्तरीय खाने पानी उपलव्ध गराउने जिम्मामा राज्यको भएको खानेपानी मन्त्री प्रदीप यादवले बताउनुभयको छ ।

बुधबार बेसीशहर सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नागरिकको आधारभूत आवश्यकता तथा स्वस्थ जिवनशैलीको आधार नै खानेपानी रहेको सरकारले प्रत्येक नागरिकलाई सहज रुप्मा शुद्ध खानेपानी उपलव्ध गराउनुपर्ने बताउनुभयो ।

उहाँले हिमाल, पहाड र तराईका नागरीकलाई स्वच्छ पानी उपलब्ध गराउन संघ सरकार प्रतिबद्ध रहेको रहेको भन्दै बेसीशहरमा भएको संघिय सरकार र स्थानीय उपभोक्ताको सहकार्यमा निमार्ण भएको खानेपानी आयोजनाले आगामी २० वर्षसम्म स्थानीय उपभोक्तालाई कुनै पनि समस्या नहुने विश्वास व्यक्त गर्नुभयो ।

विगतमा खानेपानीको अभावकै कारण कठिनाई भोगेका नगरवासीले अब २४ सै घण्टा सहज रुपमा स्वच्छ खानेपानी प्रयोग गर्न पाउने मन्त्री यादवले बताउनुभयो। नागरिकलाई सुरक्षित दिगो र भरपर्दो खानेपानी उपलव्ध गराउनु नै नेपाल सरकारको निति भएकाले गाउँगाउँमा खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री यादवले बताउनुभयो ।

जनताको पानी सरकारको लागनी भन्ने भनाईलाई आत्मसाथ गर्दै अव हरेक नागरिकलाई पानी अभाव हुन नदिने योजनाका साथ योजना साथ राज्य लागी परेको उहाँको भनाई थियो । खानेपानी क्षेत्रलाई प्रभावकारी, समावेशी र दिगो वनाउन प्रयासरत भएको भन्दै उहाँले संघ, प्रदेश र स्थानीय गरी तिनै तहका सरकारको समन्वयमा आगामी वर्ष वजेट निमार्ण गर्ने समेत बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दे गण्डकी प्रदेशका बन तथा वातवरण मन्त्री भेष बहादुर पौडेलले बेसीशहरमा रहेका जति खानेपानीका उपभोक्त छन् त्यस मध्ये आफु पनि एक उपभोक्त रहेको बताउदै यसको संचालक र सरकार पनि उपभोक्त नै रहेको बताउनु भयो । कुनै ठाउँका नागरिकहरुले प्रत्यक्ष मुहानबाट पानी ल्याउने गरेका छन् भने कुनै ठाँउका नागरिकहरुले पाईपबाट पनि पानी तानेर पिउने गरेको भेटिएको मन्त्री पौडेलको भनाई छ ।

बेसीशहर खानेपानी तथा उपभोक्त समितिका अध्यक्ष रामवहादुर गुरुङको अध्यक्षतामा भएको आयोजना उदघाटन तथा हस्तान्तरण कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्य, जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णवहादुर गुरुङ, उपभोक्ता समितिका पूर्व अध्यक्ष कृष्णलाल प्रधानले सम्वोधन गर्नुभएको थियो ।