समाचार

अस्पतालाट प्रदान गरिने सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम

प्रदेश अस्पताल लमजुङको सार्वजनिक सुनुवाई भएको छ । अस्पतालको आयोजना तथा माया मिडिया हाउस (नयाँ दीप अनलाइन) को सहजीकरणमा आर्थिक वर्ष २०८०\०८१ को आय व्यय तथा भएको हो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले अस्पतालमा उपलव्ध सेवा सुविधा तथा ०८०\८१ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागि व्यक्तिहरुले विगतामा भन्दा अस्पतालको व्यवस्थापन सेवा प्रवाह सुधारोन्मुख भएपनि स्वास्थ्य सेवालाई नागरिक मैत्री बनाउने सम्वन्धमा सुझाव दिएका थिए । सहभागिहरुले ल्याव, फार्मेसीमा भिडभाड… पुरा पढौ

सहकारीको ऋण असुली र कानुनी प्रावधान बारे प्रशिक्षण

बेसीशहर नगरपालिका भित्र संचालनमा रहेका सहकारी संस्थाहरुका लागि सहकारी ऐन प्रतिस्थापन विधेयक, भाका नाघेका ऋण असुली र कानूनी प्रकृया सम्बन्धीे प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । बेसीशहर नगरपालिका र बेसीशहर क्षेत्र सहकारी समन्वय समिमिको आयोजनामा भएको २ दिने प्रशिक्षण कार्यक्रम बेसीशहर नगरपालिका वडा नं ३ मा पर्ने पर्यटकिय तथा ऐतिहासिक गाउँ काउलेपानीमा भएको हो । कार्यक्रमको उद्घाटन बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले गर्नुभएको थियो । कार्यक्रममा नेफ्‌स्कुनका कानुनी सल्लाहकार शिव अधिकारीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा ऋण के हो,… पुरा पढौ

सामुदायिक बनमा नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान

लमजुङमा सामुदायिक वनमा नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान गरिएको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लमजुङको शनिबार बेसीशहरमा आयोजना गरिएको छैटौ परिषदमा सामुदायिक बनको नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, केन्द्रीय सचिवालय सदस्य डोवबहादुर कार्की र जिल्ला महासंघ लमजुङका अध्यक्ष शान्ता सापकोटाले संयुक्त रुपमा अविर र सम्मानपत्र प्रदानगरी सम्मान गर्नुभएको हो । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ लमजुङमा आवद्ध तीन सय ३९ बन… पुरा पढौ

शिक्षा मन्त्रीको राजीनामासगँ शिक्षक आन्दोलनको कुनै साइनो छैनः सुवेदी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् । शिक्षकहरूको समस्या समाधान गर्दै आन्दोलन टुंग्याउनका लागि भएका वार्ता र छलफलमा प्रधानमन्त्रीले शिक्षामन्त्री भट्टराईलाई ’बाइपास’ गर्दै आएका थिए… पुरा पढौ

सडक दुर्घटनामा परी २ जनाको ज्यान गयो

काठमाडौँबाट लमजुङको बेशीसहरतर्फ आउँदै गरेको माइक्रो बस र बेसीशहरबाट डुम्रे तर्फ जाँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेशीसहरबाट डुम्रेतर्फ जाँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर तनहुँको कालिमाटिमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कुटरमा सवार अनिता थापा श्रेष्ठ घटनास्थलमै मृत्यु भएको थियो भने माइक्रो बसमा सवार मनाङका एक शिक्षकको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा मृत्यु भएको हो । डुम्रे–बेशीसहर… पुरा पढौ

द्धन्दकालका राखिएको बम फेला

लमजुङको सदरमुकाम बेसीशहरमा फेला परेको बम डिस्पोज गरिएको छ । शुक्रबार साझँ बाटो खन्ने क्रममा सडकमा गाडिएको अवस्थामा बम फेला परेको हो । बेसीशहर नगरपालिका ८ स्थित जिल्ला प्रहरी कार्यलय लमजुङ देखि अगाडि १०० मिटर तल पुर्वि दिशामा सडक विस्तारका लागि जेसिवीले बाटो खन्ने क्रममा सडकमा गाडिएको अवस्थामा पाईप बम फेला परेको हो । अन्जाजी ३ फिट लामो २ ईन्च गोलाईको जिआई पाईपमा दुई वटा तार देखिएको अबस्थामा शंकास्पद बस्तु फेला परेको जानकारी प्राप्त हुन भएपछि अनुसन्धान गर्दा पाईप वम… पुरा पढौ

नयाँ वर्षको दिन पनि शिक्षकहरु सडकमै

आजबाट नयाँ वर्ष २०८२ सुरु भएको छ । देश तथा विदेशमा रहने हरेक नेपालीहरुले नयाँ वर्षको स्वागत गर्दै उल्लासका साथ मनाइरहेका छन् ।तर त्यही बेला नेपालका शिक्षकहरू भने शिक्षा क्षेत्रको सुधारको मागसहित सडकमा उत्रिएर नारा जुलुस लगाई लगाइरहेका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा २० चैतदेखि जारी आन्दोलन सोमबार १३ औं दिन प्रवेश गरेको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन पनि उनीहरूले माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै वर्षको सुरुवात सडकमा गरे। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘यसपलिका नयाँ वर्ष हामी सडकमा… पुरा पढौ

खोलामा डुबेर बालिकाको मृत्यु

एक बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । लमजुङको दोर्दी गाउँपालिका–४, नौथर सेरा बस्ने विष्णु तामाङको ५ बर्षीया छोरी रश्मी तामाङको दोर्दी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । सोमबार बिहान ९ बजेतिर नुहाउनको लागि उनी खोलामा गएकी थिइन् । खोलामा डुबेर घाईते भएपछि उनलाई तत्कालै उपचारका लागि सुन्दरबजार नगरपालिका–९, सिउडीबार स्थित भोटेवडार अस्पताल लगिएको थियो । भोटेवडार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी प्रदेश अस्पताल बेसीशहर लमजुङ ल्याइएकोमा चिकित्सकले उनलाई बिहान ११ बजेर ४० मिनेट… पुरा पढौ

घरको बक्स पलङ भित्र महिला मृत अवस्थामा फेला

लमजुङको बेसीशहर नगरपालिका वडा नं २ भकुन्डेमा एक महिलालाई आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छ । ६ दिन अघिदेखि सम्पर्क विहिन ४७ वर्षकी सिता कडेललाई आइतबाार उनकै घरभित्र मृत अवस्थामा भेटिएको हो । पूर्वप्रहरी रहेकी कडेलको मोवाईल समेत अफ भएको र सम्पर्कमा नआएपछि अष्ट्रेलियामा रहेका उनका छोराले आफन्तलाई सम्पर्क गरी घरमा गएर हेर्न भनेका थिए । स्थानीय कडेलको घर पुग्दा भित्रबाट ढोका लगाएको भेटिएपछि प्रहरीलाई खवर गरेका थिए । स्थानीयको खबर पछि प्रहरी प्रमुख रेशम बोहराको कमाण्डमा ११ जनाको टोली… पुरा पढौ

सोमबारदेखि सबै विद्यालय बन्द गर्ने शिक्षक महासंघ घोषणा

नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि शैक्षिक हड्तालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आइतबार एक विज्ञप्ती जारी गर्दै महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ । साथ यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विं… पुरा पढौ