
देशभरका ईस्लाम धर्मावलम्वीहरुको महान पर्व ईदऊल फित्र धुमधामसँग मनाउँदै छन् । एक महिना देखि बसेको (रोजा) ब्रत पनि समापन हुदै छ ।
एक महिनासम्म दिनभरी कठोर उपवास व्रत (रोजा) वसी पाँचपटक नमाज पाठ गरी मनाउदैं आएका मुस्लीमहरुले साझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशीयालीमा आज ईद उल फित्र मनाएका छन् ।

मुस्लिम समुदायले इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरि घर घरमा सो पर्व मनाउदै गरेका हुन् । आज खुशयाली सटासाट गरि आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर यो चाड मनाइने गरिन्छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने ईद मुस्लिम समुदायले आज देखि तिन दिन सम्म मनाउने गरिन्छ ।
आफ्ना अनुयायी हतरत ईब्राहीम अलहीस सलामलाई अल्लहाले सबै भन्दा प्रिय चिज कुर्वानी गर्न गरेको अल्लाहको आदेसानुसार उनले आफ्नो छोरा ईस्माईल अलहीस सलामलाई कुर्वानी दिन खोजेका थिए । त्यसै बेला अल्लाहको अर्सिवादले छोराको ठाँउमा दुम्भ अर्थात भेडा जस्तो देखिने चौपाया कुर्वानीका लागि पठाएका थिए । यसैको स्मरणमा बक्रईद मनाईन्छ ।
कुर्वानी दिइएको खसीको मासुको एक भाग गरीब, एक भाग आफन्त र नातगोता तथा एक भाग कुर्वानी दिनेले खाने चलन रहेको छ । ईद पर्व परेकाले आज नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।









