समाचार

जन्मदिनमा विद्यालयमा संयुक्त वृक्षरोपण कार्यक्रम

लमजुङको बेसीशहर नगरपालिका वडा नं २ भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा परिसरमा जन्मदिनमा वृक्षरोपण कार्यक्रम अन्तरगत वृक्षरोपण गरिएको छ । जन्मदिनमा वृक्षरोपण अभियान नेपालका संस्थापक सल्लाहकार शिवराम सिलुवाल, अभियन्ता कल्पना पाण्डे र अभियन्ता अंकित पाण्डेको जन्मदिनको अवसर पारी संंयुक्त रुपमा विद्यालय परिसरमा विरुवा रोपिएको हो । बेसीशहर वडा नं २ वडा सदस्य रिता अधिकारी, फेवा टेलिभिजन लमजुङ संवाददाता प्रमोद अधिकारी, विद्यालयका प्र.अ तथा शिक्षकहरु, विद्यार्थीहरुको उपस्थितिमा वृक्षरोपण गरिएको हो । विद्यालयको अतिरिक्त कार्यक्रम अन्तरगत जन्मदिनमा वृक्षरोपण कार्यक्रम समावेश गरेर अभियानसंग… पुरा पढौ

त्रिवेणी क्लवको बार्षिक आय व्यय सार्वजनिक

लमजुङ जिल्लाकै सर्वाधिक चर्चित ३२ औं त्रिवेणी कपको सार्वजनिक सुनुवाई एवं दाताहरुलाई सम्मान कार्यक्रम गरिएको २०८२ गरिएको छ । शुक्रबार बेसीशहरमा सरोकारवालहरुको उपस्थितीमा आयव्यय सार्वजनिक गरिएको हो । आयोजक त्रिवेणी युवा क्लवका सहकोषाध्यक्ष सुमन श्रेष्ठले ३२ औं त्रिवेणी कपको १ करोड ३६ लाख १ हजार ७ सय ९९ रुपैयाँको आयव्यय सार्वजनिक गर्नुभएको थियो । जसमा बैदेशिक सहयोग ११ लाख १ हजार ८ सय १९, प्याराफिट टिकट आम्दानी ३० लाख ३० हजाार ६ सय, रसिद सहयोग २० लाख १ हजार ९… पुरा पढौ

१७ वर्षको अवधीमा ८४ लाख भन्दा धेरै नेपाली विदेशिय

१७ वर्षको अवधीमा ८४ लाख ६४ हजार ७ सय सतासी जना नेपालीले श्रम स्वीकृती लिएर बैदेशिक रोजगारीमा गएको तत्थ्याङ सार्वजनिक भएको छ । सोमबार लमजुङको सदरमुकाम बेसीशहरमा आयोजित एक कार्यक्रममा यस्तो तत्थ्याङ्क सार्वजनिक गरिएको हो । बेसीशहर नगरपालिकाको आयोजनामा सुरक्षित वैदेशिक रोजगारी अर्थात आप्रवास (सामी) कार्यक्रम अन्र्तगत सञ्चारकर्मीको भूमिका विषयक अन्नतरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । “स्वदेश मै रोजगारी गरौं बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्रै जाऔं” भन्ने सन्देशका साथ आयोजना गरिएको सुरक्षित आप्रवासन… पुरा पढौ

२० हजारमा एक जनालाई मात्रै यस्तो साइड ईफेक्ट हुन्छ

प्रदेश लमजुङ अस्पतालले गलत औषधी दिएको कारण आफ्ना बुवाको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै एक छोरीले बनाएको भिडियोको बारेमा अस्पतालले दिएको औषधी गलत नभई औषधीको साइड ईफेक्ट भएको जनाएको छ ।सामाजिक सञ्जालमा भिडियो आएपछि सोमबार अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी विरामीले सेवन गरेको औषधीको कारण साईडइफेक्ट भएको जनाएको हो । विभिन्न रोगको उपचारमा प्र्रयोग हुने र नेपाल सरकारले समेत निशुल्क उपलब्ध गराउने सिप्रोफोजासिन नामक औषधीको सेवनले बेसीशहर नगरपालिका वडा नं ९ का ५८ वर्षिय दिलबहादुर दमैलाई साइड ईफेक्ट भएको अस्पतालका… पुरा पढौ

पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्ध अख्तियारद्धारा भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयमा जिम्मेवार भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध मुद्दा दर्ता गराएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दी छुट दिने निर्णय कानून विपरीत भएको भन्दै अख्तियारले छानबिन शुरु गरेको थियो । मुद्दा दर्ता भएसँगै नेपालको सांसद पद स्वतः… पुरा पढौ

प्राणी अनुकूल पर्यावरणका लागि अपिल

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले पर्यावरणमा भएको असन्तुलनले धेरै प्राणीहरु बाँच्न कठिन भएको, कतिपय लोप भईसकेको र कति लोप हुने अवस्थामा पुगेकोले सबै प्राणीहरुको अस्तित्व रक्षाका लागि उनीहरु बाँच्न सहज हुने पर्यावरण कायम राख्न मानव समुदायलाई अपिल गरेको छ । ५३ औं विश्व बातावरण दिवशको अवसरमा विहिबार लमजुङको बेसीशहरमा “प्रकृतिको संरक्षण, वातावरण स्वच्छता, प्राणी अनुकुल पर्यावरण अभियानको प्रतिबद्धता” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा अभियानले यस्तो अपिल गरेको हो ।बेसीशहरको मनाङे चौताराबाट सुरुवात भएको जागरण रयाली बेसीशहर ८ स्थित प्रकृति नारी… पुरा पढौ

आगोलागीमा परी महिलाको मृत्यु

लमजुङको सुन्दरबजारमा भएको आगलागीमा परी एक जना बृद्धको ज्यान गएको छ । दोर्दी गाउँपालिका १ घर भई सुन्दरबजारमा कोठा भाडामा बस्दै आएकी ७० बर्षिय मिठि थापाको आगलागीमा परी ज्यान गएको हो । थापा सुन्दरबजार नगरपालिका वडा नं ९ बुद्ध टोल रहेको भरत थापाको ३ तलाको पक्की घरमा बिच फ्ल्याटमा कोठा भाडा लिई बस्दै आएकी थिइन् । विहानपख साँडे ३ बजेतिर आगलागी भएको थाहा पाएपछि प्रहरी र स्थानीयको सहयोगमा आगलागी भईरहेको कोठाको ढोका फुटाई भित्र प्रवेश गरि तत्काल आगो नियन्त्रणमा लिएका… पुरा पढौ

यस वर्ष औषतभन्दा धेरै वर्षा हुने प्रक्षेपण

यस वर्षको मनसुन औसत समयभन्दा झन्डै १० दिनअघि नै भारतको केरला आइपुगेको छ । बङ्गालको खाडीको धेरैजसो भाग, श्रीलङ्का पूरै र भारतको केरलामा मनसुन विकसित भइसकेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार केरलाबाट नेपालको कोशी प्रदेशमा आइपुग्न एक हप्ता हाराहारी लाग्छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात् यस वर्ष जेठ ३० गते हो । तर अब बीचमा नरोकिकन आएमा यस वर्ष औसतभन्दा झन्डै डेढ हप्ताअघि नै मनसुन आइपुग्ने देखिन्छ । यस वर्ष… पुरा पढौ

सूचनाको हक कार्यान्वयनमा देखिएका चुनौतीबारे अन्तरक्रिया

सूचनाको हक कार्यान्वयनको अवस्था र यसमा देखा परेका चुनौतीबारे सम्वाद गर्न लमजुङको सदरमुकाम बेसीशहरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखाको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेलले सूचनाको हकलाई संवैधानिक मौलिक अधिकारको रूपमा व्याख्या गर्दै सार्वजनिक निकायहरूले सूचनाको प्रवाहमा कुनै ढिलासुस्ती नगर्नुपर्नेमा जोड दिए। “सूचनाको अभावले सेवा प्रवाहमा अपारदर्शिता र भ्रष्टाचार बढाउँछ,” उनले भने, “त्यसैले… पुरा पढौ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

लमजुङको बेसीशहर नगरपालिका वडा १ उदिपुरबाट रिठेबगरतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बेसीशहर वडा नं. १ उदिपुर ढाडगाँउ बस्ने बर्ष ३१ बर्षिय अहिर परियारको मृत्यु दुर्घटनामा मृत्यु भएको हो । सोमबार साँझ ५ बजेको समयमो प्रदेश ०२०३–००१ त.५४३० नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्न जाँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि मृत्यु भएको ट्याक्टर चलक परियारको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल बेसीशहर लमजुङ ल्याईको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक… पुरा पढौ