राष्ट्रिय

बेसीशहर नगरपालिकाको निर्णय सच्चाउन शिक्षक संघको माग

नेपाल शिक्षक संघ लमजुङले बेसीशहर नगरपालिकाले शिक्षक प्रति गरेको निर्णयलाई सच्चाउन माग गरेको छ । आइतबार बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै बेसीशहर ७ मा रहेको जनविकास माविका प्र.अ एकदेव घिमिरेलाई गरिएका भन्ने काज सरुवाको निर्णय सच्चाउन माग गरेको हो । नेपाल शिक्षक संघ लमजुङका अध्यक्ष सूर्यबहादुर के.सी र नेपाल शिक्षक संघ बेसीशहर नगर इकाइका अध्यक्ष एकदेव घिमिरेद्धारा हस्ताक्षरित पत्रमा बर्षे विदाको समयमा बद्नियत र पूर्वाग्राही भई जनविकास माविका प्र.अ एकदेव घिमिरेलाई प्र.अ बाट मुक्त गर्ने र काज… पुरा पढौ

देशमा संकटको अवस्था आउँदा काङ्ग्रेस एमाले मिल्नुको विकल्प छैन : सञ्चार मन्त्री गुरुङ

देशमा संकटको अवस्था आउँदा देशका ठूला तथा मुख्य पार्टी नेपाली काङ्ग्रेस र नेकपा एमाले मिल्नुको विकल्प नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विगत देखि नै राष्ट्रिय घटनाक्रम अनुसार कांग्रेस–एमाले मिलेर समस्याको समाधान गर्दै आएको दावी गर्नुभयो । एक डेढ वर्षको अवधिमा २⁄३ पटक… पुरा पढौ

सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु, छानविन समिति गठन

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । विमानमा रहेका १९ जना नै सौर्य एअरलाइन्ससँग सम्बन्धित रहेका छन् । शुरुमा सौर्य एअरलाइन्सले सबै जना कम्पनीमै आबद्ध व्यक्ति रहेका बताएको थियो । तर विमानमा रहेकी महिला र नाबालक सौर्य एअरलाइन्सका एक कर्मचारीका श्रीमती र छोरा रहेका खुलेको छ । १७ जना भने सौर्य… पुरा पढौ

साउने सोमबारमा शिव मन्दिरहरुमा भक्तजनको घुइचो

साउन महिना शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू,… पुरा पढौ

पहिरो पिडित बालकलाई १२ कक्षासम्म निःशुल्क शिक्षा र छात्रवृत्ति दिइने

लमजुङको क्व्होलसोंथार गाउँपालिका वडा नंं ३ बगुमका ११ बर्षका निरज गुरूङलाइ बेसीशहरको युनिभर्सल एकेडेमी बोर्डिङ स्कुलले कक्षा १२ सम्म निःशुल्क पढाउने भएको छ । गत असार ११ गते राती गएको पहिरोमा परी परिवार गुमाएर टुहुरो भएका गुरूङको १२ कक्षा सम्मको पढाईको जिम्वेवारी यूनिभर्सल एकेडेमीले लिएको हो । बेसीशहर नगरपालिका वडा नं ७ मा रहेको बोर्डिङका पूर्व अध्यक्ष एवं क्व्होलसोंथार गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर घलेले निरजलाई विद्यालयले १२ कक्षासम्म निःशुल्क पढाउने जानकारी गराएका हुन् । गाउँमै कक्षा ६ मा अध्ययन गरिरहेका… पुरा पढौ

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको समर्थन

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको समर्थन प्राप्त गर्नुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै प्रधानमन्त्रीको विपक्षमा ७४ जना सांसदले मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । आजको बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १ सय ८४ जना सांसदको समर्थन आवश्यक पर्छ ।… पुरा पढौ

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ समारोहमा सांसदहरूलाई निम्तो

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आज आइतबार प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गर्नुभएको हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै भए पनि शपथ कार्यक्रम भने भोली सोमबार हुनेछ । प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले सङ्घीय सांसदहरूलाई निम्तो समेत पठाएको छ । शपथ भोलि बिहान… पुरा पढौ

१० बर्ष पछि बेसीशहर खानेपानीको अधिवेसन, त्रिपक्षिय भिडन्त हुँदै

लमजुङको सदरमुकाम बेसीशहरमा रहेको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनको लागि उमेदवार सार्वजनिक गरिएको छ । यही असार ७ र ८ गते तय भएको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११ औं साधारण सभा एवं पाँचौ अधिवेशनबाट नयाँ नेतृत्व चयन लागि तीन दलले आफ्नो उमेदवारको नाम सार्वजनिक गरेको हो । अधिवेशनको दिन नजिकिएसगँै नेपाली काग्रेसले मंगलबार लोकतान्त्रिक समूहमा लोकेन्द्र गुरुङ अध्यक्ष, आशकुमारी गुरुङ उपाध्यक्ष, चन्द्रकान्त पौडेल सचिव र भगवान् पियालाई कोषाध्यक्षमा उमेदवार खडा गरेको छ । त्यस्तै महिला सदस्यहरुमा… पुरा पढौ

क्व्होलासोथार गाउँपालिकालाई कृषि र पर्यटनका माध्यमबाट समृद्ध बनाउन सरोकारवालाको सुझाव

क्व्होलासोथार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रमका लागि राजनीतिक दल सहित सरोकारवालासंग राय सुझाव संकलन गरेको छ । गाउँपालिकाले सोमबार गाउँपालिका केन्द्र मालिङ स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आगामी योजनामा समेटिने कार्यक्रमका लागि निर्माण हुने नीति तथा कार्यक्रम सम्बन्धमा राय सुझाव संकलन गरेको हो । सहभागीले कृषि र पर्यटनका माध्ययमबाट गाउँपालिकालाई समृद्ध बनाउनुपर्नेमा जोड दिँदै दीर्घकालिन नीति निर्माण गर्न सुझाव दिएका थिए । गाउँपालिकाका हरेक वडाले वडाको नीति तथा योजना तर्जुम गर्नुपर्ने, गाउँपालिकाले दीर्घकालिन रुपमा नीति… पुरा पढौ

पाँच महिना पछि विद्यालय व्यवस्थापन समितिले पायो पूर्णता

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ माा रहेको यशोब्रह्म माध्यमिक विद्यालयको अध्यक्षमा तिलक दुलाल निर्वाचित हुनुभएको छ । अभिभावकहरुको भेलाबाट छनोट भएका सदस्यहरुको बहुमतले दुलाललाई अध्यक्षमा चयन गरेको हो । यस अघि २०८० साल फागुन १ गते विद्यालयमा भएको अभिभावक भेलाबाट ३ जना र पछि एकजना दलित सदस्य छनोट गरिएको थियो । समितिका अन्य सदस्यहरुमा कृष्णबहादुर भुजेल र महिलातर्फबाट तारा परियार र दलित सदस्यमा कर्मा परियारलाई चयन गरिएको थियो । त्यस्तै बेसीशहर वडा नं ३ का वडाध्यक्ष चित्रबहादुर दनाई, नगरपालिकाको… पुरा पढौ