पाँच महिना पछि विद्यालय व्यवस्थापन समितिले पायो पूर्णता

-


     भरतबाबु घिमिरे     
     असार ३ गते २०८१ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ माा रहेको यशोब्रह्म माध्यमिक विद्यालयको अध्यक्षमा तिलक दुलाल निर्वाचित हुनुभएको छ । अभिभावकहरुको भेलाबाट छनोट भएका सदस्यहरुको बहुमतले दुलाललाई अध्यक्षमा चयन गरेको हो ।

यस अघि २०८० साल फागुन १ गते विद्यालयमा भएको अभिभावक भेलाबाट ३ जना र पछि एकजना दलित सदस्य छनोट गरिएको थियो । समितिका अन्य सदस्यहरुमा कृष्णबहादुर भुजेल र महिलातर्फबाट तारा परियार र दलित सदस्यमा कर्मा परियारलाई चयन गरिएको थियो । त्यस्तै बेसीशहर वडा नं ३ का वडाध्यक्ष चित्रबहादुर दनाई, नगरपालिकाको प्रतिनिधीमा विमला हिमाली, विद्यार्थी प्रतिनिधीमा रुपा दुलाल, शिक्षक प्रतिनिधीमा भोजराज बराल, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सुर्यप्रसाद बराल रहनुभएको छ ।

बेसीशहरको वडा नं ७ मा रहेको जनविकास मावि चण्डीडाडाँको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कृष्ण बहादुर थापा, लमजुङ मावि गाउँशहरमा कृष्ण बहादुर देउजा, बालकल्याण मावि भकुन्डेमा वडा नं २ का वडाध्यक्ष मदन राना, गंगा मिलन मावि मकैडाडाँमा वडा नं ६ का वडाध्यक्ष प्रकाश थापा, लोकराज मावि कार्कीडाडाँमा भरत विष्ट, जनकल्याण मावि चितीमा वडा नं ११ का वडाध्यक्ष शिवप्रसाद जोसी, जनकल्याण मावि उदिपुरमा शंकर पन्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित हनुभएको छ ।

बेसीशहर नगरपालिकाको बजारमा रहेको जनविकास माविमा पटक पटकको प्रयासमा पनि विद्यालय समिति छनोट हुन सकेको छैन ।