राष्ट्रिय

इजरायलबाट १८ जना नेपाली भारतको उद्धार विमानमार्फत फर्किंदै

इजरायलमा जारी द्वन्द्वका कारण घर फर्किन चाहनेमध्येका १८ जना नेपाली भारतीय उद्धार विमानमार्फत नेपाल आउने भएका छन् । भारतले आफ्ना नागरिकको उद्धारका लागि सुरु गरेको ‘अपरेशन अजय’ अन्तर्गतको विशेष विमानमा उनीहरू मंगलबार भारत आइपुगेका छन् । भारतीय विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत यस विषयमा जानकारी दिएका छन् । ‘अपरेशन अजय अगाडि बढ्दैछ । थप २८६ यात्रु भारत फर्किँदै छन्, जसमा १८ जना नेपाली नागरिक पनि रहेका छन्’, उनले लेखेका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले फर्किन… पुरा पढौ

विश्वकप छनोट : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

नेपालले लाओसलाई विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा १–० ले पराजित गर्दै नेपाली फुटबललाई ठूलो राहत दिलाएको छ । लाओसको भियन्टाइनमा मंगलबार भएको खेलमा प्राप्त जितमा नेपालको लागि मनीष डाँगीले ५३ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै नेपालले दुई लेगको खेलमा समग्रमा २–१ को निर्णायक अग्रता लिन सफल रह्यो । काठमाडौंमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगेको थियो । नेपाललाई दोस्रो चरण पुग्नका लागि जित्नै पर्ने दबाब थियो । त्यसैले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले सुरुदेखि आक्रामक… पुरा पढौ

आजदेखि वडा दशैं सुरुः आज घटस्थापना, घर–घरमा जमरा राखिँदै

आजदेखि नेपालीहरुको महान चाड वडा दशैं सुरु भएको छ । वडा दशैँको पहिलो दिन आज विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ । घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा… पुरा पढौ

चाडपर्वमा सुरक्षालाई ध्यान दिइ सचेत हुन लमजुङ प्रशासनको आग्रह

नेपालीहरुको पर्वहरु नजिकिदै गर्दा सुरक्षित भएर चाडपर्व मनाउन जिल्ला प्रसाशन कार्यलय लमजुङले अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले वडा दशैं, तिहार, छठ जस्ता पर्वहरुमा सुरक्षा चुनौतिको रूपमा देखा परेको भन्दै नागरिकलाई सचेत हुन अनुरोध गर्नुभएको हो । सूचना पत्रमा भनिएको छ – आफ्नो धर्म, सँस्कृति, रीतिरिवाज, मूल्यमान्यता र परम्परा अनुसार परिवार र साथीभाइबीच हर्षोल्लासका साथ चाडपर्वहरू मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा मनाउनुहुन हार्दिक अनुरोध छ पछिल्लो समय चाडपर्वको समयमा घर छोडेर बाहिर… पुरा पढौ

१५ गतेबाट सम्पर्क विहिन भएका युवा महेन्द्रनगरमा फेला

असोज १५ गतेबाट सम्पर्क विहिन भएका युवा ११ दिन पछि महेन्द्रनगरमा फेला परेका छन् । लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहर घर भएका २१ वर्षिय श्रीकृष्ण खत्री कञ्चनपुरको महेन्द्रनगरमा फेला परेका हुन् । उनी महेन्द्रनगरको एक होटलमा बस्दै गरेका र त्यहिबाट उनको पैसा हराएर खोजी हुने क्रममा प्रहरीले उनलाई विहिबार फेला पारेको हो । उनी अहिले जिल्ला प्रहरी कार्यलय कञ्चनपुरको संरक्षणमा रहेका छन् । उनको परिवार र आफन्त त्यस तर्फ गैरहेको पारिवारिक स्रोतले बताएको छ । प्रहरीका अनुसार खत्रीको… पुरा पढौ

इजरायलबाट नेपाली लिएर उड्यो जहाज, आजै राती काठमाण्डौ आइपुग्ने

काठमाण्डौ – युद्धग्रस्त इजरायलबाट नेपालीहरू लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाण्डौका लागि उडेको छ ।द्वन्द्वका कारण अलपत्र नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित गएको जहाज नेपालीहरू लिएर आजै राती काठमाण्डौ आइपुग्ने छ । जहाजमा २ सय ५३ जना रहेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । इजरायलको तेलअभिभ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज यूएईमा तेल भर्नका लागि केही समय रोकिने छ ।हमासको आक्रमणबाट बचेका नेपाली विद्यार्थीहरूले आफूहरूको जीवन दान दिएर स्वदेश पठाएको इजरायलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिएका छन् । तर आफूहरू… पुरा पढौ

अब मानिसहरु पीडा बोकेर बाँच्न बाध्य हुनुपर्दैन, लमजुङ अस्पतालमा प्रशामक सेवा सुरु हुदै

लमुजङ जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशामक सेवा सम्बन्धी तालिम प्रदान गरिएको छ । हरियो खर्क अस्पताल पोखराको सुनिता परियोजना कार्यक्रम अन्तरगत जिल्ला अस्पताल लमजुङमा स्वास्थ्यकर्मीलाई २ दिने तालिम प्रदान गरिएको हो ।तालिम समापन कार्यक्रम गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो भने जिल्ला अस्पताल लमजुङका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा भएको थियो । सो अवसरमा पौडेलले आजको समयमा प्रशामक सेवा अत्यावश्यक रहेहको भन्दै तालिमबाट प्राप्त ज्ञानलाई अवसरको रुपमा व्यवहारिक ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तैगरी अस्पलका अध्यक्ष तामाङले यस किसिमको… पुरा पढौ

लमजुङमा डेंगुबाट संक्रमित विरामीको संख्या १ सय २६ पुग्यो

लमजुङमा डेंगु संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । यो वर्षमा आइतबारसम्म आइपुग्दा डेंगु संक्रमितको संख्या १ सय २६ पुगेको छ । चालु आर्थिक वर्षको महिला ७० र पुरुष ६६ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । जिल्लाका ८ पालिका मध्ये बेसीशहर नगरपालिकामा डेंगु संक्रमितको संख्या धेरै रहेको पाइएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार संक्रमित बेसीशहर नगरपालिका ३५ जना, मध्यनेपालमा ३१ रहेका छन भने त्यसपछि सुन्दरबजार नगरपालिकामा ३० जना संक्रिमित रहेका छन् । अन्य सबै पालिकामा… पुरा पढौ

लमजुङमा चक्कु प्रहार गरी बाबुको हत्या

लमजुङमा घरायसी विषयमा विवाद हुँदा छोराले धारिलो हतियार चक्कु प्रहार गरी बाबुको हत्या गरेका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका मा हतियार वडा नं ९ टक्सार स्थित गत असोज १० गते दिउँसो २८ वर्षीय सुजन विकले ६० वर्षीय बाबु दिलबहादुर विकलाई खुकुरी प्रहार गरेका हुन् । आफ्नै छोराको चक्कु प्रहारद्वारा गम्भीर घाइते भएका दिलबहादुरलाई उपचारका लागि पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान पोखरामा उचार गरिएको थियोे । गम्भीर घाइते भएका दिलबहादुरको उपचारका क्रममा गत शनिबार मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । प्रहरीले… पुरा पढौ

विभिन्न माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा, शुक्रबार देखि कामकाज ठप्प

लमजुङ – तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको माग गर्दै लमजुङका स्थानीय तहका कर्मचारीहरुले शुक्रबार पेन डाउन गरेका छन् । निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारी समेत समेटिनुपर्ने लगायत विभिन्न माग राख्दै लमजुङका ८ स्थानीय तह कर्मचारीले शुक्रबार ‘पेन डाउन’ गरेर बिरोध जनाएका हुन् । कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, कल्याणकारी कोष अनिर्वाय र विज्ञापनमा उमेर हद नलाग्ने व्यवस्था गर्न, संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहमा वैज्ञानिक… पुरा पढौ