राष्ट्रिय

जनताको समस्या सुन्न एमाले अध्यक्ष लमजुङ आउने

यहि मंसिर २२ गते लमजुङको सुन्दरवजारमा एमाले अध्यक्ष केपी ओली सहितका कन्द्रिय पदाधिकारी आउने भएका छन् ।नेकपा एमाले लमजुङले वुधवार बेसिशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कार्यक्रमका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले यही मंसिर १४ गतेदेखि सुरु हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ अन्तर्गत एमाले अध्यक्ष केपी ओली सहितका सम्पूर्ण केन्द्रिय पदाधिकारी सहितको टोली मंसिर २२ गते लमजुङको सुन्दरवजारमा हुने सभालाई सम्बोधन गर्न आउने बताउनुभयो । सो अवसरमा एमालेका निवर्तमान केन्द्रिय सदस्य… पुरा पढौ

आमा र शिशुको मृत्यु भएको भन्दै दिनभर अस्पताल तनाबग्रस्त, भयो तीन बुँदे सहमती

शल्यक्रियाबाट निकालिएको शिशु मृत रहेको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि लमजुङको जिल्ला अस्पताल बुधबार दिनभर तनाबग्रस्त भयो । पीडितको प्रदर्शनका कारण लमजुङ अस्पताल तनावग्रस्त बनेको हो । लमजुङको मस्र्याङ्दी गाउँपालिका ९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत्यु भएको छ भने उनको शल्यक्रियाबाट जन्मिएको शिशु मृत अवस्थामा थियो । पीडितपक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाई अस्पतालमा तनाबग्रस्त बनाएपछि जिल्ला प्रसाशनमा बार्ता गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बेसीशहर नगरपालिका… पुरा पढौ

३१ औँ त्रिवेणी कपको पुरस्कार राशीमा एकैपटकमा भारी बृद्धी

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको पुरस्कार राशीमा भारी बृद्धी गरिएको छ । मंगलबार बेसीसहरमा आयोजना गरिएको पत्रकार मम्मेलन यस्तो जानकारी गराइएको हो । गतवर्ष प्रथम पुरस्कार ५ लाख दिएको क्लवले यसवर्ष ३ लाख रुपैया थप गरी त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । प्रतियोगीतामा उपविजेताले नगद ४ लाख पाउनेछन् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १÷१ लाख दिइने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक… पुरा पढौ

नेकपा एमालेका अध्यक्ष केपि ओली २२ गते लमजुङ आउने

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लमजुङ आउनुहुने भएको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ अन्तर्गत ओली मंसिर २२ गते लमजुङ आइपूग्ने कार्यतालिका रहेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुने भएको छ । सङ्कल्प यात्राका क्रममा ओली २२ गते लमजुङ आइपुग्ने कार्यतालिका रहेको नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । उक्त यात्रालाई सफल पार्न नेकपा एमाले लमजुङले जिल्लामा गर्नुपर्ने कामको योजना र जिम्मेवारी निर्धारण गरेको छ । मंगलबार बेसीशहरमा बसेको… पुरा पढौ

लक्ष्मीनारायण सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा सुशिलचन्द्र निर्वाचित

लमजुङको सदरमुकाम बेसीशहरमा रहेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालय अन्र्तगत संचालनमा रहेको लक्ष्मीनारायण सामुदायिक सिकाईको केन्द्रको चौंथो अधिवेसन सम्पन्न भएको छ । शनिबार पुस्तकालयको सभा हलमा भएको अधिवेसनले सुशिलचन्द्र अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको छ । कार्यक्रमका प्रमुख अतिथी बेसिशहर नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत रामकृष्ण त्रिपाठीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवबसरमा लक्ष्मीनारायण सामुदायिक पुस्तकलय एवं सिकाइ केन्द्रका संस्थापक अध्यक्ष गणेशप्रसाद न्यौपानेलाई संस्था स्थापनाकाल देखि हालसम्म अतुलनिय सहयोग पुर्याएको भन्दै सम्मान गरिएको थियो । सो अवसरमा पुस्तकालयका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे,… पुरा पढौ

पक्राउ परेका जुवाडेको नाम सार्वजनिक गर्न प्रहरीद्धारा आनाकानी

लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटी स्थित सुवास श्रेष्ठको घरमा बिहिबार राति हारजितको बाजी राखेर कौडा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । विहिबार राती पक्राउ परेका जुवाडेको नाम सार्वजनिक भने भएको छैन । शुक्रबार दिनभर सम्म पनि प्रहरीले नाम सार्वजनिक नगरेपछि साझँ प्रहरीसगँ सोध्दा जुवाडेको नाम बताउन चाहेनन् । प्रहरी कार्यालय लमजुङका प्रवक्ता प्रहरी निरिक्षक थानेश्वर चापाईले आफू कार्यालय भन्दा बाहिर रहेको र जुवाडेको नाम लिस्ट आफूसगँ… पुरा पढौ

हरिबोधिनी एकादशीमा तुलसीको विवाह

औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ ।हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा आराधना गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझिने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर… पुरा पढौ

२ महिनाको कसरतमा बन्यो त्रिवेणी युवा क्लव कार्यसमिति

लमजुङ जिल्लाकै पुरानो र चर्चित क्लव त्रिवेणी युवाक्लवको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित हुुनुभएको छ । गत २ महिना अघि देखि स्थगित भएको क्लबको कार्यसमिति चयन प्रकृया आइतबार सम्पन्न भएपछि घिमिरे अध्यक्ष बन्नुभएको हो ।अध्यक्षको लागि विनोद गुरुङ, टेकजगं गुरुङ र राजकुमार घिमिरेको उमेद्वारी परेको थियो । त्यस्तै उपाध्यक्षमा टेकजगं गुरुङ र खुशीजगं गुरुङ, सचिवमा प्रविण वाग्ले, र कोषाध्यक्षमा प्रकाश घले निर्वाचित हुनुभएको छ ।यस अघि गत भदौ ३० गते भएको क्लवबको १२ औं अधिवेसनमा उपाध्यक्षका लागि खुशीजगं गुरुङ र केशबहादुर… पुरा पढौ

८१ वर्षको उमेरमा पनि धर्म, संस्कृति जोगाउने अभियानमा रुद्रनिधी तिवारी

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ मा बसोबास गर्ने रुद्रनिधी तिवारी अहिले ८१ वर्षको हुनुभयो । २००० साल साउन २३ गते बुवा विश्वनिधी तिवारी र आमा शिवकुमारी तिवारीका ५ सन्तान मध्ये जेठो सन्तानको रुपमा जन्मनुभयो । बाल्यकाल देखि नै साहित्य तथा लोक गायन र व्यङ्व्यमा रुची राख्ने तिवारीले ३७ वर्ष शिक्षण पेसामा सेवा गर्नुभयो । परिवारको जेठो सन्तान भएकाले उहाँ ९ वर्षको हुदाँ हजुरबुवाआमाले रहरमा ९ वर्ष कै इश्वरी तिवारीसगँ बिवाह गरिदिनुभयो । ७२ वर्ष सम्म पनि उहाँहरुको जोडीमा रहर… पुरा पढौ

आज भाइटीका, साइत १०ः५१ बजे शुभ

नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन बुधबार भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्छन् । यस दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका… पुरा पढौ