राष्ट्रिय

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा प्यानल सहित विजयी

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । शर्माले अधिकारीलाई १६६ मतले पछि पारे । निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए । तर चुनावी प्रतिस्पर्धामा शंकर पोखरेल–खगराज अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानलले नराम्रो हार व्यहोरेको… पुरा पढौ

एमालेको गण्डकी प्रदेश अधिवेशन लमजुङका ५ जना निविरोध निर्वाचित,

पोखरा । नेकपा (एमाले) को गण्डकी प्रदेश अधिवेशनमा लमजुङ जिल्लाबाट ५ जना निर्विरोध निर्वाचित भएका छन् ।प्रदेश अधिवेशनमा जिल्ला भूगोल(पुरुष) तर्फ प्रेम बहादुर घले र फूलबहादुरा थापा, महिलातर्फ लक्ष्मी अधिकारी र विष्णुमाया राना तथा दलितबाट ननदराम वि.क. निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनमा अध्यक्ष पदको लागि लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्मा प्रतिश्पर्धा गर्दैछन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । यस्तै उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको… पुरा पढौ

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गयो

बझाङको चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । यस अघि २ बजेर ४० मिनेटरमा बझाङकै केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो।सुदूरपहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्ला र राजधानी काठमाडौंमा… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्याँसमै प्रतिसिलिण्डर २१५ रूपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातीबाट लागू हुने गरी मूल्यबृद्धि गरेको हो । मूल्यबृद्धिसंगै खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर २१५ रुपैयाँ बढेको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १ सय १५ रुपैयाँ पुगेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ मूल्य बढाएको छ । पेट्रोलको मूल्य… पुरा पढौ

आजबाट सोह्र श्राद्ध सुरु

यसपालिको सोह्र श्राद्ध सुरु भएको छ । पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध शनिबारबाट सुरु भएको छ ।पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ । एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, पुष्टि श्राद्ध, यात्रा श्राद्ध, काम्य श्राद्धसँगै सोह्र श्राद्ध या पार्वण श्राद्ध नेपाली समाजमा प्रचलित छ । पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् । साथै ज्वाइँ, भानिज, नाति, नातिना र ब्राह्मण वर्गलाई भोजन… पुरा पढौ

अबको केही दिन मौसम बदली र भारी वर्षाको सम्भावना

नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि… पुरा पढौ

आन्दोलनरत शिक्षक र सरकारबीच पाँचबुदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीच पाँचबुदे सहमति भए पछि असन्तुष्ट शिक्षकहरुको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, अस्थायी, करार, बाल विकास शिक्षक कर्मचारी लगायतसँग सरकारले पाँचबुदे सहमति गरेको हो । सरकार र असन्तुष्ट शिक्षकहरुबीच प्रारम्भीक बाल शिक्षामा कार्यरत बाल सहजकर्ताको हकमा दरबन्दी कायम गर्ने, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर दिइने, आन्तरिकको शत प्रतिशतको व्यवस्था गरिने, राष्ट्रिय मापदण्ड तय गरी सार्वजनिक विद्यालयमा कर्मचारीको दरबन्दी कायम गरिने… पुरा पढौ

ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ — अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई शुक्रबार भक्तपुर र काभ्रेको सिमानास्थित साँगाबाट पक्राउ गरेको हो । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । रावायण फिल्मको ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर केसीले १० लाख रुपैयाँ एडभान्स लिएका थिए ।… पुरा पढौ

विश्व पर्यटन दिवशमा विदेशी पर्यटकलाई ढाका टोपी लगाएर सम्मान

४४ औं विश्व पर्यटन दिवशको अवसरमा लमजुङमा विदेशी पर्यटकलाई सम्मान गरिएको छ । सदरमुकाम बेसीशहरमा आएका १० बर्षिय विदेशी नागरीक जोन संगै अन्य २३ जना पर्यटकलाई बुधबार विहान सम्मान गरिएको हो । पर्यटकहरुलाई बेसीशहर नगरपालिका नगरप्रमुख गुमानसिंह अर्यालले ढाका टोपी र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले रातो टिका लगाई स्वागत तथा सम्मान गर्नुभएको हो । पर्यटन दिवशको अवसरमा पर्यटन तथा उद्योग कार्यालयको लमजुङको आयोजना, बेसीशहर नगरपालिकाको सहआयोजना र होटल व्यावसायी संघको समन्वयमा ‘टुरिजम एण्ड ग्रिन इन्भेस्टमेन्ट’ भन्ने मुलनाराका साथ बेसीशहरको… पुरा पढौ

युवा संघ लमजुङले हिरासतमा रहेका वडाध्यक्ष बस्नेतको रिहाइको माग

राष्ट्रिय युवा संघ लमजुङले हिरासतमा रहेका वडाध्यक्ष ऋषिराम बस्नेतको घटनाको सत्य तथ्य छानविन गरी रिहाइको माग गर्दै, जिल्ला प्रशासन कार्यालय, लमजुङमा ज्ञापन पत्र बुझाएको छ । युवा संघ लमजुङका अध्यक्ष योगबहादुर गुरुङद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्र बुधबार प्रमुख जिल्ला अधिकारी समक्ष बुझाइएको हो । ज्ञापन पत्रमा मिति २०८० साल आश्विन ७ गते राती १०ः३० बजे लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका वडा नं ७ का अध्यक्ष ऋषिराम बस्नेत आफ्नो आमाको उपचारको लागि लैजादा निजको आमालाई डेंगु देखा परि भर्ना गर्ने क्रममा… पुरा पढौ