हिजोसम्म तिमी सङ्लो थियौ,आज धमिलो भएर आयौ,लड्दै–बढ्दै, ड्याङडुङ गर्दै,कुन वेग लिएर ओर्लिएर आयौ ? यसरी उर्लिएर आउँदातिमीलाई पनि कतै दुख्छ होला,तर तिम्रो यो उग्र रूप देख्दामानव बस्तीको मुटु झन् कति दुख्छ होला ! तिमीलाई त आफ्नै बाटो थाहा छ,आफ्नै सुर छ, आफ्नै ताल छ,जतिसुकै रूप फेरिएर आए पनिहामीलाई त तिम्रो मायामै विश्वास छ ! तर ए मर्स्याङ्दी‘भोटेकोसीझैँ बौलाएर नआइदेऊ,किनारका सपना,घरका आँगन,मान्छेका खुसीहरूआफूसँगै बगाएर नलैजाऊ ! तिमी आफ्नै सुरमा बगिरहनू,आफ्नै तालमा गीत गाइरहनू,पहाडका काख हुँदैसमुद्रतिरको यात्रामा लागिरहनू ! तर बिन्ती छ।।।मानव…
पुरा पढौ