राष्ट्रिय

गिलुङमा पाँचदिने होमस्टे तथा पाक शिक्षा तालिम सुरु, ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

लमजुङको क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ९मेड्पा० अन्तर्गत पाँचदिने होमस्टे व्यवस्थापन तथा पाक शिक्षा तालिम सुरु भएको छ। स्थानीय पर्यटनलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमले होमस्टे सञ्चालकहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण पर्यटनको विकास, स्थानीय रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा होमस्टेको महत्वपूर्ण भूमिका रहेको बताए। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै स्थानीय स्रोत, संस्कृति र परम्पराको संरक्षणसँगै आयआर्जनका अवसर… पुरा पढौ

मर्स्याङ्दीमा सुरक्षित वैदेशिक रोजगारी सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया सम्पन्न

मर्स्याङ्दी गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी, सहज, गुणस्तरीय र नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यले विषयगत समिति तथा शाखा प्रमुखहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। भुलभुलेस्थित गाउँपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारीका अवसर, सेवा प्रवाहको वर्तमान अवस्था, सरोकारवाला निकायहरूको भूमिका, विद्यमान चुनौती तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीमा जाने तथा विदेशबाट फर्किएका नागरिकहरूको हकहित, सुरक्षा र पुनःएकीकरणलाई प्राथमिकतामा राख्दै स्थानीय तहबाट प्रदान गरिने… पुरा पढौ

यूनिभर्सल एकेडेमीमा कक्षा ११ का विद्यार्थी तथा अभिभावकलाई शैक्षिक अभिमुखीकरण

लमजुङको बेसीसहर नगरपालिका–७ स्थित यूनिभर्सल एकेडेमी मा कक्षा ११ मा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकका लागि शैक्षिक तथा करियर काउन्सिलिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। शैक्षिक सत्र २०८३ मा एसईई परीक्षा उत्तीर्ण गरी कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरू र उनीहरूका अभिभावकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विज्ञान तथा व्यवस्थापन संकायका गरी करिब ६५ जना विद्यार्थी र ४० जना अभिभावकको सहभागिता रहेको थियो। अभिमुखीकरण कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई… पुरा पढौ

प्याब्सन लमजुङद्वारा शिक्षक अभिमुखीकरण कार्यक्रम आयोजना

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति लमजुङको आयोजनामा प्याब्सनसँग आबद्ध निजी तथा संस्थागत विद्यालयका शिक्षकहरूका लागि एकदिने शिक्षक अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक इन्द्रमणि दाहाल तथा उत्प्रेरक डा. तारा जीले पाठ्यक्रम, आधुनिक शिक्षण विधि, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली, लगायत समसामयिक शैक्षिक विषयमा प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले शिक्षक समाज निर्माणका प्रमुख आधार भएको उल्लेख गर्दै शिक्षकले प्रदान गर्ने ज्ञान, सीप र संस्कारले विद्यार्थीको… पुरा पढौ

अगुवा कृषकलाई परागसेचकमैत्री कृषिमा आधारित प्रशिक्षक प्रशिक्षण तालिम प्रदान

लमजुङको बेसीशहरमा अगुवा कृषकहरुलाई परागसेचकमैत्री कृषिमा आधारित प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । दिगो कृषि र जैविक विविधताका लागि परागसेचकको संरक्षण र सम्बद्र्धन भन्ने नाराका साथ बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका ९ जना अगुवा कृषकहरुलाई तालिम प्रदान गरिएको हो । हर्ड इन्टरनेसनल लमजुङको आयोजनामा डार्विन इनिसिएटिभ एक्स्ट्राः नेपाल परागसेचन परियोजना अन्र्तगत जेठको २४ गते देखि ३० गते सम्म ७ दिने परागसेचकमैत्री कृषिमा आधारित कृषक पाठशाला संचालनका लागि प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो । तालिमको मुख्य उद्देश्य नेपालमा परागसेचन सम्बन्धी सचेतना… पुरा पढौ

मन्त्रिपरिषद् विस्तार : गृहमा सुधन गुरुङ, विज्ञान तथा नवप्रवर्तनमा महावीर पुन

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह मन्त्री तथा महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीद्वयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो। गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए। उनको सम्पत्ति विवरणसम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारले… पुरा पढौ

रास्वपा लमजुङको सभापतिमा अशोक सापकोटा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको प्रथम जिल्ला अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। सदरमुकाममा भएको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। नव निर्वाचित जिल्ला समिति सभापति पदमा अशोक सापकोटा ६९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी भोलानाथ शर्माले ४९ मत प्राप्त गर्नुभयो। सभापतिका अन्य उम्मेदवारहरू हरि बहादुर धितालले ३३, नबराज पहाडीले ७ र विजय रञ्जन पौडेलले १६ मत प्राप्त गर्नुभएको छ। पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशतभन्दा बढी मत… पुरा पढौ

निःशुल्क स्वास्थ्य शिविरबाट १६२ जना लाभान्वित

लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट १६२ जना स्थानीयवासी लाभान्वित भएका छन्। एचडिसिएस–नमुना सामुदायिक अस्पताल सुन्दरबजारको प्राविधिक सहयोग, सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखा तथा विभिन्न सहकारी संस्थाहरूको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। सुन्दरबजारमा आयोजित शिविरमा १०२ जना महिला र ६० जना पुरुषले स्वास्थ्य सेवा लिएका थिए। शिविरमा १०२ जनाले दन्त सेवा, ८८ जनाले मधुमेह परीक्षण, २१ जनाले फिजियोथेरापी सेवा तथा १२५ जनाले आँखा सम्बन्धी परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका आयोजकले जनाएको छ। उद्योग वाणिज्य संघ… पुरा पढौ

स्वच्छ पर्यावरण र प्राणी अस्तित्व रक्षाका लागि सचेत बन्न अभियानको आह्वान

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले स्वच्छ पर्यावरण तथा सम्पूर्ण प्राणीको अस्तित्व संरक्षणका लागि मानव समुदायलाई गम्भीर र सचेत बन्न आग्रह गरेको छ। विश्व वातावरण दिवसको अवसरमा चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयमा आयोजित वृक्षरोपण कार्यक्रममा अभियानका परिकल्पनाकार बाबुदेव सेढाँलले वातावरण संरक्षणको महत्वबारे प्रकाश पार्दै यस्तो आह्वान गरेका हुन्। कार्यक्रममा बोल्दै वक्ताहरूले जल, जमिन र वायुमण्डलमा बढ्दो प्रदूषण मानव मात्र नभई सम्पूर्ण जीवजगतका लागि चुनौती बन्दै गएको बताए। समयमै सचेत हुन नसके वातावरणीय संकटले प्राणी अस्तित्वमै असर पार्न सक्ने चेतावनी दिँदै… पुरा पढौ

लमजुङ सेवा समाज कतारको अध्यक्षमा कल्याण थापा निर्वाचित

लमजुङ सेवा समाज कतारको १६ औँ अधिवेशनबाट कल्याण थापा अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र भण्डारी, उपाध्यक्षहरूमा रवीन्द्र गुरुङ, राजकुमार श्रेष्ठ र कुमारी गुरुङ चयन भएका छन्। त्यसैगरी महासचिवमा प्रशान्त कुमाल, सचिवहरूमा देव अधिकारी र फलेन्द्र गुरुङ, कोषाध्यक्षमा पवन थापामगर तथा सह–कोषाध्यक्षमा वासुदेव दवाडी निर्वाचित भएका छन्। अधिवेशनले मर्स्याङ्दी गाउँपालिका संयोजकमा विष्णु दवाडी र दोर्दी गाउँपालिका संयोजकमा डम्बरजंग गुरुङलाई चयन गरेको छ। सदस्यहरूमा चन्द्रमाया गुरुङ (बिनिता) र किर्तिमान गुरुङ… पुरा पढौ