लमजुङका आठै पालिकामा कांग्रेसको नेतृत्व चयन

-


     नयाँ दीप    
     असाेज ९ गते २०८३ मा प्रकाशित


लमजुङ । नेपाली कांग्रेस लमजुङले जिल्लाका आठवटै पालिकामा नयाँ नेतृत्व चयन गरेको छ। पालिका अधिवेशनबाट सातवटा पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने मध्यनेपाल नगरपालिकामा मतदानमार्फत सभापति चुनिएका छन्।

अधिवेशनबाट बेसीशहर नगरपालिकाको सभापतिमा पूर्णबहादुर थापा र सुन्दरबजार नगरपालिकाको सभापतिमा उत्तम गुरुङ निर्विरोध चयन हुनुभएको छ।

त्यस्तै मर्स्याङ्दी गाउँपालिकाको सभापतिमा लोकनाथ घिमिरे, दोर्दी गाउँपालिकामा लालबहादुर गुरुङ, दूधपोखरी गाउँपालिकामा कमल धिताल र क्व्होलासोथार गाउँपालिकामा राजु गुरुङ सर्वसम्मत चयन हुनुभएको छ।

राइनास नगरपालिकाको सभापतिमा नुरराज कडरिया पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ।

मध्यनेपाल नगरपालिकामा भने सभापति चयनका लागि मतदान भएको थियो। मतदानबाट कमप्रसाद गुरुङ सभापतिमा निर्वाचित हुनुभएको छ।

यससँगै कांग्रेस लमजुङका आठै स्थानीय तहमा नयाँ पालिका नेतृत्व चयन भएको हो।