राष्ट्रिय

प्रदेश अस्पताल लमजुङमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू

गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश अस्पताल लमजुङमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इ एम आर ) प्रणाली कार्यान्वयनमा आएको छ । महामारी कोष परियोजना अन्तर्गत विश्व स्वास्थ्य संगठन को प्राविधिक तथा आर्थिक सहयोगमा उक्त प्रणाली सुरु गरिएको हो । प्रदेश अस्पताल लमजुङ गण्डकी प्रदेश अन्तर्गत प्रणाली लागू गर्ने सातौं अस्पताल बनेको छ । अस्पतालमा डिजिटल प्रणाली लागू भएसँगै अब बिरामीहरूले ल्याब रिपोर्ट, एक्स–रे तथा अन्य चिकित्सकीय रेकर्ड कागजमा बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य भएको अस्पतालले जनाएको छ । इ.एम.आर प्रणालीमार्फत बिरामीको सम्पूर्ण… पुरा पढौ

नगरपालिका भित्रका सार्वजनिक जग्गा खाली गर्न निर्देशन, अटेर गरे संरचना भत्काएर खर्च असुल गरिने

लमजुङको बेसीशहर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। नगरपालिकाले एक जरुरी सूचना जारी गर्दै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा वा अन्य भौतिक संरचनाहरू ३५ दिनभित्र आफैं हटाउन निर्देशन दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ ले दिएको अधिकार र नेपाल सरकारको शासकीय सुधारको १०० बुँदे कार्यसूचीको बुँदा ९२ को कार्यान्वयनका लागि यो कदम चालिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाद्वारा प्रकाशित सूचना अनुसार नगर क्षेत्रभित्रका बाटो, कुलो,… पुरा पढौ

कमला प्रा.वि.का विद्यार्थीलाई कपडा तथा शैक्षिक सामग्री वितरण

पूर्व राष्ट्रसेवक तथा नागरिक संघको आयोजनामा लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित कमला प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयमा अध्ययनरत २० जना बालबालिकाहरुलाई एक एक सेट विद्यालाय पोषाक, २५ दर्जन कापी, कलम गरेर ४२ हजार बराबरको सामाग्री वितरण गरिएको हो । पूर्व राष्ट्रसेवक तथा नागरिक संघका केन्द्रीय अध्यक्ष चेतबहादुर रावल “प्रविन” को प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव सुन्दर शर्मा पौडेल, केन्द्रीय सल्लाहकार संयोजक सोमलाल कडेल, लमजुङ जिल्ला इन्चार्ज धुर्व रावल, कास्की जिल्ला प्रथम उपाध्यक्ष प्रेमकुमार… पुरा पढौ

मध्यनेपालमा ‘रैथाने हाटबजार’ आयोजना

लमजुङको मध्यनेपाल नगरपालिका–८, करापुटारमा रैथाने तथा स्थानीय कृषि उपजको प्रवद्र्धन गर्ने उद्देश्यले ‘मध्यनेपाल रैथाने हाटबजार’ आयोजना गरिएको छ। “प्रत्येक किसानको रैथाने तथा स्थानीय कृषि उपजको प्रवद्र्धन गरौं” भन्ने नारासहित आयोजना गरिएको हाटबजार २०८३ साल जेठ ६ गते देखि सञ्चालन गरिएको हो। हाटबजार दुईपिप्लेमा सञ्चालन गरिएको आयोजकले जनाएको छ। हाटबजारको उद्घाटन मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले स्थानीय उत्पादनको संरक्षण र बजारीकरणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवद्र्धनले किसानको आयआर्जन… पुरा पढौ

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

फोटो एआइ बाट निर्माण लमजुङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार शुक्रबार बिहान बेसीशहर नगरपालिका ११ रामचोक बेसीस्थित उदिपुरबाट रामचोक बेसीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ प ०१६९ नम्बरको मोटरसाइकलले पैदलयात्री ७४ वर्षीया महनीदी सेढाईलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी सेढाईलाई उपचारका लागि प्रदेश अस्पताल बेसीशहर ल्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका २० वर्षीय बिकेश तामाङ घुँडा तथा छातीमा भित्री चोट… पुरा पढौ

मध्यनेपाल–६ भोर्लेटारमा नागरिक सुनुवाई सम्पन्न

नेपाल प्रहरी को केन्द्रीय निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय लमजुङले मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा बुधबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा तथा इलाका प्रहरी कार्यालय भोर्लेटार र मध्यनेपाल नगरपालिका को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सिता गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद बास्तोला, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, निवर्तमान अध्यक्ष… पुरा पढौ

बेसीसहर नगरपालिका भित्रका ४ वटा विद्यालयका विद्यार्थी एसईई मा शतप्रतिशत उत्तिर्ण

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा लमजुङको बेसीशहर नगरपालिकाभित्रका विद्यालयहरूले राष्ट्रिय औसतभन्दा राम्रो नतिजा हासिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभर कुल ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने बेसीशहरका नगरपालिकाभित्रका विद्यालयहरूको समग्र उत्तीर्ण प्रतिशत करिब ६८ दशमलव ०२ रहेको देखिएको छ । बेसीशहरका २ वटा विद्यालयका ५ जना विद्यार्थीहरुले सर्वोकृष्ट अकं ४ जिपिए ल्याउन सफल भएका छन् । जसमा युनिर्भसल एकेडमीका निश्मा पौडेल र रोजिना गुरुङ रहेका छन् भने अर्थली प्याराडाइज बोर्डिङ… पुरा पढौ

बेसीशहरको मर्स्याङ्दी नदीको पुलको एकातर्फ पहिरो जाँदा सवारी साधन सञ्चालनमा रोक

लमजुङको बेसीसहर नगरपालिका–१० बाँझाखेत जोड्ने मर्स्याङ्दी नदीमाथिको पक्की पुलको एकातर्फको भागमा पहिरो जाँदा यातायातमा रोक लगाइएको छ । वर्षाले पुलको छेउभागमा ठूलो पहिरो खसेपछि जोखिम बढेकाले सो क्षेत्रमा ठूला सवारीसाधनको आवतजावत तत्कालका लागि रोकिएको छ । पहिरोका कारण बेसीसहर नगरपालिका–१० अन्तर्गत पर्ने गाउँ भाचोक, खासुर, चौर, सालडाँडा, हिले लगायतका गाउँतर्फ सञ्चालन हुने सवारी साधन चल्न सकेको छैनन् । यातायातमा रोक लगाइएकाले स्थानीयवासीलाई दैनिक आवतजावत तथा खाद्यान्न, निर्माण सामग्री ढुवानीमा समेत समस्या भएको बताइएको छ । पुलको एकातर्फको जमिन भासिन पक्की… पुरा पढौ

उदिपुर पहिरो व्यवस्थापन सम्पन्न, ४ बर्षमा १३ करोड लगानी

लमजुङको बेसीशहर १ उदिपुरमा वर्षौंदेखि समस्या बन्दै आएको पहिरो व्यवस्थापन कार्य सम्पन्न भएको छ। डुम्रे–बेसीशहर–चामे सडकखण्ड अन्तर्गत पर्ने यस जोखिमयुक्त क्षेत्रमा पछिल्लो ४ वर्षमा करिब १३ करोड रुपैयाँ लगानी गरेर पहिरो नियन्त्रण तथा सडक संरक्षणको काम गरिएको हो। डुम्रे बेसिशहर चामे सडक आयोजना लमजुङका प्रमुख सतिश सुबेदीका अनुसार पहिरो व्यवस्थापनका लागि आधुनिक प्रविधि प्रयोग गरिएको छ। उनका अनुसार सो क्षेत्रमा ‘सोयल नेलिङ’, ‘थ्रीडी’, ‘माइक्रो पाइलिङ’, ड्रेनेज प्रणाली तथा ‘सर्फेस बायो–इन्जिनियरिङ’ प्रविधिबाट काम गरिएको हो। विशेषगरी ढलान स्थिर बनाउने, पानीको बहाव… पुरा पढौ

लमजुङमा ठुलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले ठुलो परिमाणको लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा प्रहरीले बेसीसहर नगरपालिका वडा नं. ८ बस्ने ३७ वर्षीय शेखर शाहीलाई २९७ एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार शाहीलाई शुक्रबार बिहान साढे ९ बजे बेसीसहर–२ स्थित गैरी सडक खण्डबाट नियन्त्रणमा लिइएको हो। डुम्रेबाट बेसीसहरतर्फ आउँदै गरेको ग १ ख ६९०० नम्बरको बसमा लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ट्राफिक प्रहरीसहितको संयुक्त टोलीले सवारी चेकजाँच… पुरा पढौ