
लमजुङ — नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस बेसीशहर नगर कार्य समितिको अध्यक्षमा पूर्णवहादुर थापा निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न अधिवेशनले नगर सभापति सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नगर समितिको उपसभापतिमा राधा तिवारी र गौबहादुर गुरुङ, सचिवमा कृष्ण भुजेल तथा सहसचिवमा दिलमाया रिमाल सर्वसम्मत चयन हुनुभएको छ । खुला सदस्यतर्फ अर्जुन लोहनी र शैलेज जोशी चयन हुनुभएको छ ।
नगर कार्यसमिति सदस्यमा लक्ष्मी क्षेत्री, पूर्णबहादुर गुरुङ, निजु राई, भरतबहादुर परियार, गुनमाया गुरुङ, रसबहादुर भुजेल, सनसरी गुरुङ, सोमबहादुर परियार, वर्षा रिमाल, विकास श्रेष्ठ, चिजा घिमिरे, सिता गौली, शुष्मा गुरुङ, बेलबहादुर गुरुङ, विष्णुकुमारी गुरुङ, तारा गुरुङ, नुरमति पन्थ, बन्धना बोहरा बस्नेत, सिजन अधिकारी, सिजन सिलवाल, रुपा सार्की मजाकोजी र मिनजङ विक चयन हुनुभएको छ ।
अधिवेशनबाट हाल ३२ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । कार्यसमितिको पहिलो बैठकले थप एक सदस्य मनोनित गरेपछि समिति ३३ सदस्यीय बन्नेछ । पहिलो बैठकबाटै नगर कार्यसमितिको कोषाध्यक्षसमेत चयन गरिने जनाइएको छ । अधिवेशनको उद्घाटन प्रदेश सभा सदस्य एवं पूर्व वन तथा वातावन्त्री मन्त्री भेषबहादुर पौडेलले गर्नुभएको थियो ।









