राष्ट्रिय

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४३६ पुग्यो

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ४३६ पुगेको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न स्थानबाट अहिलेसम्म उक्त संख्यामा शव फेला परेका हुन्। फेला परेका शवमध्ये १ हजार २९२ जनाको डीएनए नमुना संकलन गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका शवको विवरण भने प्रहरीले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ। यसैबीच, रसुवास्थित त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका २४ जनाको शव नुवाकोट ल्याइएको… पुरा पढौ

असोज ८ देखि १२ गतेसम्म ठूलो वर्षाको सम्भावना

काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले यही असोज ८ देखि १२ गतेसम्म ठूलो वर्षाको सम्भावनाबारे सूचना निकालेर जानकारी गराएको छ । महाशाखाले आज निकालेको सूचनामा बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली अझ बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गएको उल्लेख छ । यस प्रणालीका कारण नेपालमा समेत वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिम कति हुने र कहाँ त्यसको सम्भावित असरको बारेमा अहिले नै यकिन गर्न नसकिने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभएको छ । महाशाखाले यो प्रणालीको निरन्तर निगरानी गरिरहेको र अवस्था… पुरा पढौ

बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीको ५७ करोड ८५ लाख सहयोग

काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिकाका नेपाली मूलका अष्ट्रेलियाली व्यवसायी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष डा. शेष घले र उनकी पत्नी जमुना गुरुङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्। घले दम्पतीद्वारा सञ्चालित एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्बीच शुक्रबार यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। सहयोग बाढीका कारण अभिभावक गुमाएका तथा प्रभावित १८ वर्षमुनिका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, आवास र मनोसामाजिक सहयोगमा खर्च गरिनेछ। सम्झौताअनुसार बालबालिकाको पहिचान, समन्वय र संरक्षणको… पुरा पढौ

संविधान दिवसमा युवा संघद्वारा बिरामीलाई फलफूल

संविधान दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, लमजुङ जिल्ला कमिटीले प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचाररत करिब ६० जना बिरामीलाई फलफूल वितरण गरेको छ। संविधान दिवसलाई सामाजिक सेवामार्फत मनाउने उद्देश्यले शनिबार आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारी, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतको उपस्थिति थियो। युवा संघ लमजुङका अध्यक्ष प्रदीप घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सचिव विनायक दवाडीले सञ्चालन गरेका थिए। कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूले अस्पतालमा उपचाररत बिरामीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। पुरा पढौ

नेपाल टेलिकमको संविधान दिवस अफर: ३० दिनसम्म अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। अफरअन्तर्गत टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराएको छ। रु। ४९९ मा ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज लिन सकिनेछ। यसमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा उपलब्ध हुनेछ। दैनिक ५ जीबी डाटा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ। त्यस्तै, धेरै डाटा प्रयोग गर्ने ग्राहकका लागि रु। ६९९… पुरा पढौ

लमजुङमा साइकल यात्रा, देशभरका पाँच सयभन्दा बढी साइकल यात्री सहभागी

वातावरण संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्द्धनको सन्देशसहित लमजुङमा साइकल यात्रा सुरु भएको छ। लमजुङ साइक्लिङ संघको आयोजनामा शनिबार बेंसीशहरबाट साइकल यात्रा सुरु गरिएको हो। ‘साइकल पर्यटन, वातावरण संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्द्धन अभियान’ अन्तर्गत आयोजना गरिएको यात्रामा देशका विभिन्न ठाउँबाट आएका पाँच सयभन्दा बढी साइकल यात्री सहभागी छन्। साइकल यात्रा अभियानको शनिबार बिहान बेंसीसहरमा बेंसीसहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले उद्घाटन गरेका हुन्। लमजुङ साइकल संघका अध्यक्ष ध्रुबराम प्रधानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख अर्याल प्रमुख अतिथि रहेका थिए। यात्राको… पुरा पढौ

क्व्होलासोथार गाउँपालिकाबाट बाढीपीडितलाई २४ लाख १७ हजार सहयोग

लमजुङ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि क्व्होलासोथार गाउँपालिकाले २४ लाख १७ हजार ५५६ रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–विद्यालय कर्मचारीको तलब र सेवा सुविधाबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार कार्यपालिका बैठकले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। निर्णयअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ३… पुरा पढौ

भोटेकोशी बाढी अपडेट : १ हजार ४१० जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि शुक्रबार राति ८ बजेसम्म १ हजार ४१० जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १९९, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जना रहेका छन्। काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २९२ वटा शव व्यवस्थापन गरिएको छ।… पुरा पढौ

स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारीमा आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन महिनाको अन्तिम साताभित्र स्थानीय तहको निर्वाचन गराउने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाका अनुसार प्रचलित कानुनी व्यवस्थालाई आधार बनाएर निर्वाचनको तयारी भइरहेको छ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार आयोगले आफ्नो तयारी अगाडि बढाएको उनले बताए। निर्वाचनका लागि आवश्यक आन्तरिक तयारी आयोगले अघि बढाइसकेको भए पनि सरकारसँग गर्नुपर्ने समन्वयका काम भने बाँकी रहेको आयुक्त सुब्बाको भनाइ छ। हाल आयोगले मतदाता… पुरा पढौ

मर्स्याङ्दीमा राष्ट्रिय शिक्षा दिवस तथा उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा विभिन्न शैक्षिक तथा उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा एसईई परीक्षा–२०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा उत्कृष्ट नतिजा हासिल गराउन योगदान पुर्‍याउने शिक्षकलाई सम्मान गरिएको छ। त्यस्तै, एसईईमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय, कक्षा ५ र ८ को परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय… पुरा पढौ