लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार मनाङको चामेमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। पोखराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत चामे पुगेका मुख्यमन्त्री पाण्डेले सदरमुकाम चामेबाट माथिल्लो मनाङ जोड्ने मोटरेबल पुल तथा आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले मर्स्याङ्दी नदीमा बाढीपहिरोसँगै थुप्रिएको लेदो, बालुवा, गिटी, ढुंगा तथा गेग्र्यान हटाउने कामबारे जानकारी लिएका थिए। बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेको र आवागमन प्रभावित भएको अवस्थामा तत्काल आवश्यक काम अघि बढाउने मुख्यमन्त्री पाण्डेले बताए। प्रभावित नागरिकका…
पुरा पढौ