राष्ट्रिय

विश्व संगीत दिवसमा उदीपुर मन्दिर परिसरमा वृक्षरोपण

विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको आयोजनामा बेँसीशहर नगरपालिका–१ स्थित उदीपुर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठान लमजुङका अध्यक्ष प्रशान्त तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाडोभाका गायिका नन्दमाया दुरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मनोरञ्जन र सांस्कृतिक संरक्षणमा मात्र सीमित नभई वातावरण संरक्षणका अभियानमा पनि सक्रिय रूपमा लागिरहेको बताउनुभयो। हराभरा प्रकृति र स्वच्छ वातावरण निर्माण गर्नु सबैको साझा दायित्व… पुरा पढौ

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने दाबी गर्नुभएको हो । उहाँले पार्टीभित्र त्याग र बलिदानको विषयमा असमान बुझाइ हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले गुट उपगुटतिर नलागेर, विगतका राजनीतिक दलका अनुभवहरूलाई हेरेर… पुरा पढौ

हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ, ल्याउँछौँ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले कालापानी र लिपुलेक नेपालको भूभाग भएको प्रमाण नेपालसँग रहेको दाबी गर्दै आवश्यक प्रमाण प्रस्तुत गरी उक्त विषयमा अघि बढ्ने बताएका छन्। उनले भारतसँगको सीमा विवाद दुई देशबीच आपसी संवाद र सहमतिमार्फत समाधान गरिने स्पष्ट पार्दै कुनै तेस्रो पक्ष वा मध्यस्थकर्ताको आवश्यकता नरहेको उल्लेख गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमा विवादबारे उठेका प्रश्नहरूको जवाफ दिएका हुन्। उनले भने, “सीमाको विषयमा हामीले बोल्दा स्वाभाविक रूपमा सम्बन्धित पक्षबाट प्रतिक्रिया आउँछ। यदि कसैले प्रमाण… पुरा पढौ

क्व्होलासोथारको ‘उज्यालो कार्यक्रम’ प्रभावकारी, दुर्गमका घर–गोठमा सोलार बत्ती

राष्ट्रिय विद्युत् प्रसारण लाइनको पहुँच नपुगेको लमजुङको क्व्होलासोथार गाउँपालिका–२ मालिङस्थित तिबिस्वाँरा क्षेत्रका दुर्गम घर तथा गोठमा सोलार बत्ती जडान गरिएको छ। गाउँपालिकाले सञ्चालन गरेको ‘उज्यालो कार्यक्रम’ अन्तर्गत विद्युतीकरण हुन बाँकी रहेका घरधुरी र गोठलाई लक्षित गरी आइतबार सोलार सेट वितरण तथा जडान कार्य सम्पन्न गरेको जनाएको छ। गाउँपालिकाको निर्णयअनुसार प्रत्येक घर तथा गोठका लागि एक–एक सेट सोलार प्यानल, ब्याट्री, कन्ट्रोलर, बत्ती र आवश्यक वायरिङ सामग्री उपलब्ध गराइएको हो। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारीहरूको टोली लाभग्राहीकै घरमा पुगेर… पुरा पढौ

मर्स्याङ्दी गाउँपालिकाको राहतमुखी नीतिः ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराइने

जलविद्युत्को केन्द्रका रूपमा परिचित मर्स्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रममा स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने महत्त्वपूर्ण योजना अघि सारेको छ। शुक्रबार प्रस्तुत प्रस्तावित नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क पाउने व्यवस्था गरिएको छ। प्रस्तावित व्यवस्थाअनुसार ५० युनिटसम्मको विद्युत् उपभोगको महसुल गाउँपालिकाले नै व्यहोर्नेछ। गाउँपालिकाका ९ वटै वडाका करिब ४ हजार ४ सय घरधुरी यस योजनाबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। कार्यक्रम कार्यान्वयनका लागि करिब… पुरा पढौ

उत्कृष्ट विद्यार्थी र विषयगत शिक्षकलाई सम्मान

लमजुङको बेसीशहर नगरपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । “उत्कृष्टताको सम्मान, बृहत् स्तरीय शिक्षाको अभियान, प्रतिभाको कदर, शिक्षाको थप उन्नति र समृद्धिको आधार” भन्ने मूल नाराका साथ बेसीशहर नगरपालिकाले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका पालिका भित्रका ४२ जना विषयगत शिक्षकहरू तथा विद्यार्थी सम्मान गरेको हो । कार्यक्रममा आधारभूत तह (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ का नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ।… पुरा पढौ

दोर्दी गाउँपालिकाले नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासँग सुझाव संकलन

लमजुङ – दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ को नीति, बजेट तथा कार्यक्रमलाई थप सहभागितामूलक र आवश्यकतामुखी बनाउने उद्देश्यले सरोकारवालासँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२ र ०८३ को प्रगति विवरण प्रस्तुत गर्दै आगामी वर्षका प्राथमिकता, योजना तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छ बहादुर घले, पूर्वअध्यक्ष ओम बहादुर गुरुङ, पूर्वउपाध्यक्ष दिल बहादुर घले, निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृत ताराचन्द्र ढकाल, कार्यपालिका सदस्य,… पुरा पढौ

लमजुङमा पहिलो पटक ‘ओपन ई–फुटबल प्रतियोगिता’ सम्पन्न, आयुष गुरुङ बने च्याम्पियन

लमजुङमा पहिलो पटक आयोजना गरिएको ‘ओपन लमजुङ ई–फुटबल प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएको छ। डिजिटल खेलकुद (ई–स्पोट्र्स) प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट ३६ जना सक्रिय खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आयुष गुरुङ प्रथम स्थान हासिल गर्न सफल भए। उनले नगद रु. १२ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी सिजन सिलवाल द्वितीय हुँदै नगद रु. ६ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए भने मञ्जिल तामाङ तृतीय स्थान हासिल गर्दै नगद रु. ३… पुरा पढौ

जलविद्युतबाट प्रभावित स्थानीयलाई निशुल्क विद्युत दिन नयाँ बहस सुरु

लमजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धर्मराज केसीले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दालाई मासिक न्यूनतम ५० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा बोल्दै सांसद केसीले जलविद्युत उत्पादनको केन्द्रका रूपमा परिचित लमजुङ जिल्लामा करिब ३५० मेगावाट जलविद्युत उत्पादन भए पनि स्थानीयवासीले अझै पूर्ण रुपमा स्थानीय नागरिकले त्यसको प्रत्यक्ष लाभ पर्याप्त रूपमा पाउन नसकेको बताए। उनले ऊर्जा उत्पादनका कारण प्रभावित समुदायलाई सामाजिक न्याय र स्थानीय सहभागिताको आधारमा न्यूनतम विद्युत सुविधा निःशुल्क उपलब्ध… पुरा पढौ

भूपू सैनिक माविमा ‘आर्ट अफ पेरेन्टिङ’ कार्यशालाको आयोजना

लमजुङको बेँसीशहर नगरपालिका–७, सातबिसेस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले अभिभावक र विद्यालयबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले ‘आर्ट अफ पेरेन्टिङ’ विषयक विशेष कार्यशाला आयोजना गरेको छ। कार्यक्रममा सहभागी अभिभावकहरूले बालबालिकाको समग्र विकाससँग सम्बन्धित विभिन्न विषयमा जानकारी हासिल गरेका छन्। सोमबार सम्पन्न कार्यशालामा नेतृत्व प्रशिक्षक तथा उत्प्रेरणादायी वक्ता डा. तारा जीले आधुनिक अभिभावकत्वका बदलिँदा चुनौती, बालबालिकासँग विश्वासपूर्ण सम्बन्ध निर्माण, प्रभावकारी संवाद, सकारात्मक अनुशासन तथा भावनात्मक विकासका उपायबारे प्रशिक्षण दिएका थिए। उनले घरको वातावरण र अभिभावकको व्यवहारले बालबालिकाको व्यक्तित्व निर्माणमा दीर्घकालीन प्रभाव पार्ने… पुरा पढौ