Author Archive

मर्स्याङदीमा बेपत्ता बस चालकको शब भेटियो,

मर्स्याङदी गाउँपालिकाको वडा नंं ९ मा पर्ने ग्रामीण तालिम केन्द्रको कार्यालय नजिकै मर्स्याङदी नदीको बीचमा आइतबार देखिएको शवको उद्धार गरिएको छ ।सोमबार दिउँसो नदीबाट निकालिएको उक्त शनिबार राती लमजुङको मर्स्याङदी गाउँपालिका वडा नंं ७ स्थित मर्स्याङदी नदीमा खसेर बेपत्ता भएका ध १ ख ३७२ नम्बरको बसका चालक खेमबहादुर भुजेलको भएको पुष्टी भएको छ । । नदीको बिचमा ठूला ठूला ढुङ्गाको बीचमा अड्किएको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । मर्स्याङदी नदीमा पानीको बहाब तीब्र भएकाले आइतबार शब निकाल्न… पुरा पढौ

मर्स्याङ्दी नदीमा शव फेला, शवको सोमबार मात्रै उद्धार हुने

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको ९ सिटिइभिटी को कार्यालय नजिकै मर्स्याङ्दी नदीमा आइतबार एक जनाको शव देखा परेको छ । उक्त शव शनिबार राती मर्स्याङ्दीमा डुवेको बसको चालकको हुन सक्ने अनुमान गरिएपनि शव निकाल्न नसकेकाले पुष्टि भने, हुन सकेको छैन् । नदीको बिचमा ढुङ्गामा अड्किरहेको अवस्थामा शव देखा परेको प्रहरीले जनाएको छ । शनिबार राती सोहि पालिकाको वडा नं. ७ मा पर्ने बालुवा पहिरो नजिक घ १ ख ३७२ नम्बरको बस नदीमा खस्दा चालक बेपत्ता भएका छन् । चितवनको भरतपुर मानपा– १३… पुरा पढौ

मर्स्याङ्दी नदीमा बस खस्योः चालक बेपत्ता

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको मस्र्याङदी नदीमा बस खसेको छ । शनिबार राती ङादीतर्फ जाँदै गरेको घ १ ख ३७२ नम्बरको बस मस्र्याङदी –७ बालुवा नजिकको पहिरोदेखि मर्स्याङ्दी नदीमा खसेको थियो । बस चालक चितवन घर भइ हाल मस्र्याङदी गापा–७ मा बस्ने अन्दाजी ४२ वर्षका खेम भुलेज भने सम्पर्क विहीन छन् ।मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट गाडि बनाएर करिव १० बजेतिर भूजेल ङादी घर तर्फ हिडेका थिए र बाटोमा अन्य व्यक्तिहरुसगँ पनि भेटेर बोल्दै हिडेको स्थानीयले बताएका छन् । अन्दाजी राती १२ देखि १… पुरा पढौ

दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ लमजुङमा पनि मनाईएको छ ।लमजुङको सदरमुकाम बेसीशहरमा एक वर्ष भित्र दिवंगत भएको ३ वटा परिवारले गाइजात्रा निकालेर बेसीशहर बजार परिक्रममा गरेका छन् । बाजागाजाका साथमा निकालिएको गाईजात्राको साथमा टाकटुके नाच, देविदेवताका स्वरुप सिगांरेर राम सीता समेत बनाइको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य… पुरा पढौ

१६ औ पुस्तकालय दिवशको अवसरमा मा.वि स्तरीय निवन्ध प्रतियोगिता

‘पढौं पढाऔं निरन्तर शिक्षाका लागि पुस्तकालय जाआँै’भन्ने नाराका साथ शुक्रबार देशभर १६ औं पुस्तकालय दिवश मनाईएको छ । लमजुङ सदरमुकाम बेसीशहरमा रहेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ शिर्षकमा निवन्ध प्रतियोगिता आयोजना गरेको छ । १६ औ पुस्तकालय दिवशको अवसरमा आयोजना गरिएको मा.वि स्तरीय निवन्ध प्रतियोगिता विद्या विकास मा.वि का कक्षा ९ का अपूर्वराज पहाडी प्रथम भएका छन् ।प्रतियोगितामा मनकामना बोर्डिङ स्कुल कक्षा १० का प्रतिक अधिकारी द्धितीय, मनकामना स्कुल कै कक्षा १० की विस्मा तिवारी तृतीय र यूनिभर्सल… पुरा पढौ

नयाँ पुस्तामा हस्तान्तरण गर्दै नेवारी संस्कृती लाखे नाच

लमजुङ सदरमुकाम बेसीशहरमा विगत १ महिना अघिदेखि लाखे नाच सुरु भएको छ । नयाँपुस्तालाई आफ्नो संस्कृती हस्तान्तरण गर्नको लागि लमजुङका नेवार समुदायले हरेक दिन लाखे नाच निकाल्ने गरेका हुन् । लाखे नाच नागपञ्चमीबाट सुरु गरिने भएपनि युवापुस्तालाई सिकाउनको लागि एक महिना भन्दा अघिदेखि नै नाच सुरु गरिएको लमजुङ नेवा खलका अध्यक्ष बालचन्द्र श्रेष्ठले बताउनुभयो । बेसीशहरको भिमसेन स्थान चोकमा हरेक दिन साझ निकालिने लाखे नाच नाच्दै बेसीशहर बजार परिक्रममा गर्ने गरिएको छ भने नेवारी समुदायमा निकालिने टाकटुके नाच समेत सिकाउने… पुरा पढौ

आज जनैपूर्णिमा पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । पौराणिक कथन सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई… पुरा पढौ

गाउँपालिकाको कामकाज सुरु भएको ६ वर्षमा बन्यो नयाँ भवन

लमजुङको क्व्होलासोथार गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट कामकाज सुरु गरिएको छ । । गाउँपालिकाको वडा नं २ मालिङमा भवन निर्माण सम्पन्न भएसँगै बुधबार देखि नयाँ भवनमा सरेर पालिकाको कामकाज सुरु गरिएको हो । ४ करोड ३६ लाख ९६ हजार ४ सय ६० रुपैयाँ ७० पैसा (भ्याटसहित) मा सम्झौता गरेकोमा निर्माण कम्पनीले सम्झौता रकमभन्दा कम ४ करोड १४ लाख १२ हजार ९ सय ३९ रुपैयाँ ६३ पैसामा भवन निर्माण सम्पन्न गरिएको छ । तीन तले आरसीसी भवन निर्माणका लागि २०७७ असोज ३०… पुरा पढौ

हामखोला झरनाको ‘वाटरफल फेस्टिबल’ मा रमाए युवायुवती

लमजुङको मस्र्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ को आयोजना गरिएको छ ।शनिबार गरिएको वाटरफल फेस्टिबलमा विषेश गरी युवायुवतीको उपस्थिती बाक्लो रह्यो । आयोजक हामखोला ब्यवस्थापन समितिले हामखोला भरनाको प्रचारप्रसार गर्न आयोजना गरिको वाटरफल फेस्टिबलमा प्रतिष्ठित डिजेको साङगितीक प्रस्तुति रहको थियो । सदरमुकाम बेसीशहरबाट उत्तर तर्फ पर्ने मस्र्याङदी गाउँपालिकाको हामखोला झरनामा यो तेस्रो वाटरफल फेस्टिवल हो । गर्मी मौसम त्यसमा छङछङ झरेको झरनामा रमाउँदै, सेल्फी लिँदै, डिजेको साथमा थुवायुवती निकै रमाएका थिए ।अन्नपूर्ण पदमार्गको छेवैमा पर्ने हामखोला झरनामा आन्तरिक… पुरा पढौ

पौडी खेल्ने क्रममा बगाउँदा बालकको मृत्यु

लमजुङको सुन्दरबजार नगरपालिका वडा न. ६ का एक बालकलाई पौडी खेल्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको छ । १० वर्षिय बालक सर्मपण परियारलाई पाउँदी खोलाले बगाउँदा मृत्यु भएको हो । शुक्रबार दिउँसो एक जना साथीसगँ पौडी खेल्न परियार खोलामा पुगेका थिए । खोलाले उनलाई करिव ५ सय मिटर तल पु¥याएको प्रहरीले जनाएको छ । पाउँदी खोला र तनहुँबाट बग्ने नाउँदी खोलाको दोभानमा बालकको शव स्थानीयले फेला पारेका थिए । बालक आदर्श प्रा.वि सिमलचौरको कक्षा ४ मा पढ्थे । विद्यालयले शुक्रबार… पुरा पढौ