Author Archive

आज तीजको दर खाने दिन

हिन्दु धर्मालम्बी महिलाहरुले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । तीजको दिन ब्रत बस्ने महिलाहरुले अघिल्लो दिन मिठामिठा परिकार दरको रुपमा खाने चलन विगतदेखि चलिआएको छ । विशेषगरी टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्छन। दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरु एकै ठाउँमा भेला भएर विभिन्न मिठा परिकारको दर खाँदै रमाइलो गर्ने चलन विगतदेखि चलिआएको छ।विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास… पुरा पढौ

हामी चन्दा आतंक मच्चाउँदैनौं : रास्वपा सभापती लामिछाने

लमजुङको राइनासनगरपालिकाको गौलीटारमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नगरस्तरीय भेलाको आयोजना गरेको छ । शनिबार भएको भेलालाई सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापती रवि लामिछाने, सांसद डा. स्वर्णिम वाग्ले लगायतको उपस्थिती रहेको थियो । रास्वपाका केन्द्रीय सभापती रवि लामिछानेले मतदाताका सामु आफूले बोलेका कुराहरु नबिर्सने भन्दै तपाईहरुले दिएको भोट खेर जाने हो कि भन्ने डर चिन्ता नगर्न अनुरोध गर्नु भयो । जनमत लिएर उत्तरदायी नभए विश्वासघात हुन्छ भन्दै सबै मिलेर एयरर्पोटबाट दिनहु देशबाट बाहिरिने हजारौं युवालाई रोक्ने काम गर्नुपर्ने उहाँको… पुरा पढौ

प्रधानमन्त्री पुष्पकलम दाहाल अमेरिका प्रस्थान

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन शनिबार प्रधानमन्त्री दाहाल न्युयोर्क प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।न्युयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ । संयुक्त राष्ट्रसङ्गको ७८ औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन पश्चात् प्रधानमन्त्री दाहाल आगामी… पुरा पढौ

समितिमा बस्न चाहने आकाक्षीं बढेपछि त्रिवेणी युवा क्लवको बन्द सत्र स्थगीत

लमजुङ जिल्लाकै पुरानो र चर्चित क्लव त्रिवेणी युवाक्लवको बन्द सत्र स्थगीत भएको छ । शुक्रबारबाट बेसीशहर क्लवको १२ औ अधिवेसन सुरु भएको थियो । शनिबार क्लवको नयाँ कार्य समिति चयन गर्ने कार्य तालिका भए पनि क्लवमा बस्न चाहने आकांक्षीको संख्या बढेसगँै बन्द सत्र केहि दिनको लागि पछाडी सारिएको बताइएको छ । १३ सदस्यिय कार्य समितिको लागि अध्यक्षमा ३ जना उपाध्यक्षमा २ जना र कोषाध्यक्षमा २ जनाको उमेदवारी परेको थियो । अध्यक्षको लागि हाल सम्म भैरहेका अध्यक्ष विनोद गुरुङ, टेकजगं गुरुङ… पुरा पढौ

काठमाडौंमा एकै परिवारका ३ सहित ४ जनाको सामुहिक हत्या

३० भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य सःमिल भित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८… पुरा पढौ

“ बाल दिवश अर्थ मनाउनुको ”

बाल दिवश आयोे भन्छन् जताततै हल्लीखल्लीप्याष्टिक र सिसा बोतल खोज्दै छु म गल्ली गल्लीजुटको बोरा साथी मेरो, ओच्छ्यान सडकपेटीबालधिकार दिनुपर्छ भन्छन् नेता ताली ठोकी । हिड्दै छु म फोहर थुप्रो भोको पेट खालीस्वास्थ्य, शिक्षा दिनुपर्छ भन्ने गर्छन् जालीन त मलार्ई दया, माया न त शिक्षा दिन्छन्हाम्रो नाम विकाउँदै डलर खेती गर्छन् । बाल दिवश मनाउँन हिड्यो जुलुस ताँतीभाषण मात्रै ठूला ठूला भेट्दा भन्छन् खातेत्यै भएर बाल दिवश अर्थ मनाउनुकोबालधिकार हनन् नहोस् भन्ने बनाउनु हो । पुरा पढौ

तीज हिजो संस्कृती आज विकृती

पहिले–पहिलेको समयमा भौतिक बिकास र प्रविधि अहिलेको जस्तो थिएन, यातायातका साधन सहज थिएन मोवाइल फोनको सुविधा थिएन, विदेश जाने लहर थिएन, थोरै जागिर बाहेक पशुपालन र खेतीपातीबाट धेरैको गुजारा चलेको हुन्थ्यो । विवाह भएर टाढा टाढा पुगेका चेलिहरु बर्षदिनको तीज मनाउन घरमा बिदा लिएर मुस्किलले माईत जान पाउथे, माईती लिन आउने बाटो हेरेर बसेका चेली माईत जान पाए खुसी हुन्थे नत्र दुखि हुन्थे । बर्षभरिको खेतीपाती र घरको कामकाजबाट आत्तिएर बसेका चेलीबेटीलाई कतिबेला माईत जान पाईन्छ भन्ने हुन्थ्यो । तीजको… पुरा पढौ

राजकीय सम्मान सहित सुवास नेम्वाङको अन्त्येष्टि गरिंदै

सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ । नेम्वाङको मुन्धुम र हिन्दू परम्परा अनुसार अन्त्येष्टि गर्ने तय भएको छ । पुरा पढौ

आज कुशे औंसी/बावुको मुख हेर्ने दिन, मोती जयन्ती

हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगया लगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका… पुरा पढौ

५१ वटा सूचक पूरा गरेपछि बेसीशहर २ लाई बालमैत्री वडा घोषणा

लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर २ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेसँगै बेसीशहर नगरपालिका वडा नम्बर २ लाई मंगलबार बालमैत्री वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रथम अतिथि समेत रहनु भएका बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले वडा नम्बर २ का वडा अध्यक्ष मदन रानालाई वालमैत्री वडा भएको प्रमाणपत्र प्रदान गरेसँगै वडा नम्बर २ बालमैत्री वडा भएको हो । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बालवालिकालाई स्टेशनरी… पुरा पढौ