मर्स्याङ्दी नदीमा बस खस्योः चालक बेपत्ता

- ‘घटनाको चार घण्टासम्म चालकको मोबाइलमा फोन गइरहेको थियो’

-


     नयाँ दीप    
     भाद्र १७ गते २०८० मा प्रकाशित


लमजुङको मर्स्याङ्दी गाउँपालिकाको मस्र्याङदी नदीमा बस खसेको छ । शनिबार राती ङादीतर्फ जाँदै गरेको घ १ ख ३७२ नम्बरको बस मस्र्याङदी –७ बालुवा नजिकको पहिरोदेखि मर्स्याङ्दी नदीमा खसेको थियो ।

बस चालक चितवन घर भइ हाल मस्र्याङदी गापा–७ मा बस्ने अन्दाजी ४२ वर्षका खेम भुलेज भने सम्पर्क विहीन छन् ।
मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट गाडि बनाएर करिव १० बजेतिर भूजेल ङादी घर तर्फ हिडेका थिए र बाटोमा अन्य व्यक्तिहरुसगँ पनि भेटेर बोल्दै हिडेको स्थानीयले बताएका छन् ।

अन्दाजी राती १२ देखि १ बजेको समयमा बस दुर्घटना परी मर्स्याङ्दी नदीमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।
दुर्घटना भएको चार घण्टासम्म पनि चालकको मोबाइलमा फोन गइरहेको पाइएको भूजेलको परिवारले बताएको स्थानीय सरोज गुरुङले बताउनुभएको छ ।

मर्स्याङ्दी गाउँपालिकाको ङादीबाट लमजुङ सदरमुकाम बेसीशहर चल्ने ‘सार्वजनिक बस भएको कारणले धेरै मानवीय क्षति भएको अनुमान गरिए पनि आइतबार दिउँसो गाडी नदीबाट निकालिएको छ । गाडी निकालेपछि भित्र कोही नभेटिएको र चालकलाई भने नदीले बगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलले बताउनुएको छ । दुर्घटनाबारे अनुसन्धान र चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।