मर्स्याङ्दी नदीमा शव फेला, शवको सोमबार मात्रै उद्धार हुने

- लमजुङमा रेस्क्यु टोली नहुँदा उद्धारमा समस्या

-


     नयाँ दीप    
     भाद्र १७ गते २०८० मा प्रकाशित


लमजुङको मर्स्याङ्दी गाउँपालिकाको ९ सिटिइभिटी को कार्यालय नजिकै मर्स्याङ्दी नदीमा आइतबार एक जनाको शव देखा परेको छ ।

उक्त शव शनिबार राती मर्स्याङ्दीमा डुवेको बसको चालकको हुन सक्ने अनुमान गरिएपनि शव निकाल्न नसकेकाले पुष्टि भने, हुन सकेको छैन् ।

नदीको बिचमा ढुङ्गामा अड्किरहेको अवस्थामा शव देखा परेको प्रहरीले जनाएको छ ।

शनिबार राती सोहि पालिकाको वडा नं. ७ मा पर्ने बालुवा पहिरो नजिक घ १ ख ३७२ नम्बरको बस नदीमा खस्दा चालक बेपत्ता भएका छन् । चितवनको भरतपुर मानपा– १३ घर भइ ङादी बस्ने अन्दाजी ४० बर्षका खेमबहादुर भुलेज बेपत्ता भएका हुन् ।

नदीको वहाव ठूलो रहेको र जिल्लामा आपतकालिन रेस्क्यु टोली नहुँदा शव निकाल्न समस्या भएको प्रहरीले जनाएको छ । सोमबार आवश्यक तयारी गरेर शवको उद्धार गर्ने प्रहरीको भनाई छ । नदीमा खसेको बस भने, स्काभेटरको सहायताले निकालिएको छ ।