
लमजुङको सुन्दरबजार नगरपालिका वडा न. ६ का एक बालकलाई पौडी खेल्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको छ । १० वर्षिय बालक सर्मपण परियारलाई पाउँदी खोलाले बगाउँदा मृत्यु भएको हो ।
शुक्रबार दिउँसो एक जना साथीसगँ पौडी खेल्न परियार खोलामा पुगेका थिए । खोलाले उनलाई करिव ५ सय मिटर तल पु¥याएको प्रहरीले जनाएको छ । पाउँदी खोला र तनहुँबाट बग्ने नाउँदी खोलाको दोभानमा बालकको शव स्थानीयले फेला पारेका थिए ।
बालक आदर्श प्रा.वि सिमलचौरको कक्षा ४ मा पढ्थे । विद्यालयले शुक्रबार परीक्षाको तयारीका लागि विदा दिएका बेला बालक पौडी खेल्न खोलामा गएको बताइएको छ ।