
मर्स्याङदी गाउँपालिकाको वडा नंं ९ मा पर्ने ग्रामीण तालिम केन्द्रको कार्यालय नजिकै मर्स्याङदी नदीको बीचमा आइतबार देखिएको शवको उद्धार गरिएको छ ।
सोमबार दिउँसो नदीबाट निकालिएको उक्त शनिबार राती लमजुङको मर्स्याङदी गाउँपालिका वडा नंं ७ स्थित मर्स्याङदी नदीमा खसेर बेपत्ता भएका ध १ ख ३७२ नम्बरको बसका चालक खेमबहादुर भुजेलको भएको पुष्टी भएको छ । ।
नदीको बिचमा ठूला ठूला ढुङ्गाको बीचमा अड्किएको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । मर्स्याङदी नदीमा पानीको बहाब तीब्र भएकाले आइतबार शब निकाल्न नसकिएपछि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीका ९ जना गोताखोर झिकाइएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र गोताखोरसहितको टोलिले नदीबाट शव बेपत्ता भएका बस चालकको नै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले बताउनुभएको छ ।
शनिबार राती मर्स्याङदी गाउँ पालिकाको वडा नं. ७ मा पर्ने बालुवा पहिरो नजिक ध १ ख ३७२ नम्बरको बस नदीमा खस्दा बसचालक चितवनको भरतपुर मानपा– १३ घर भइ हाल मर्स्याङदी गाउँपालिकाकै ङादीबजारमा बस्दै आएका भुजेल बेपत्ता भएका थिए । नदीमा खसेको बस आइतबार स्काभेटरको सहायताले निकालिएको थियो ।