१६ औ पुस्तकालय दिवशको अवसरमा मा.वि स्तरीय निवन्ध प्रतियोगिता

-


     नयाँ दीप    
     भाद्र १५ गते २०८० मा प्रकाशित


‘पढौं पढाऔं निरन्तर शिक्षाका लागि पुस्तकालय जाआँै’भन्ने नाराका साथ शुक्रबार देशभर १६ औं पुस्तकालय दिवश मनाईएको छ । लमजुङ सदरमुकाम बेसीशहरमा रहेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ शिर्षकमा निवन्ध प्रतियोगिता आयोजना गरेको छ ।

१६ औ पुस्तकालय दिवशको अवसरमा आयोजना गरिएको मा.वि स्तरीय निवन्ध प्रतियोगिता विद्या विकास मा.वि का कक्षा ९ का अपूर्वराज पहाडी प्रथम भएका छन् ।
प्रतियोगितामा मनकामना बोर्डिङ स्कुल कक्षा १० का प्रतिक अधिकारी द्धितीय, मनकामना स्कुल कै कक्षा १० की विस्मा तिवारी तृतीय र यूनिभर्सल ऐकेडमी कक्षा १० मा अध्ययनरत आयूश केसीले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रथम, द्धितीय, तृतीय र सान्त्वनाले क्रमश ३ हजार, २ हजार, १५ सय र १ हजार रुपँैया पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा विभिन्न विद्यालयका १७ जना बालबालिकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा पुस्तकालयका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, पुस्तकालयका सल्लाहकार तेजनारायण अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने पुस्तकालयका अध्यक्ष नाराइनबहादुर सुँयलको अध्यक्षतामा भएको थियो । कार्यक्रमका पुस्तकालयका महासचिव अमृत थापाले सहजिकरण गर्नुभएको थियो ।