Author Archive

त्रिवेणी युवाक्लबद्धारा कैदी\बन्दीलाई खसी तथा खाद्यान्न सहयोग

बेसीशहर नगरपालिमा रहेको त्रिवेणी युवाक्लवले शुक्रबार कारागारका कैदी\बन्दीलाई दशैंका खाद्यान्न तथा खसी सहयोग गरेको छ । नेपालीहरुको महान् पर्व बडा दशैंको अवसरमा क्लवका पदाधिकारीहरु कारागार पुगेर २४ हजार रुपैयाको खसी र ७ हजार ५ सय रुपैयाँ बराबरको नुन, मसला, तेल, चामल लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । कारागारका जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई क्लवले उक्त खसी र खाद्यान्न हस्तान्तरण गरेको छ । क्लबका निर्वमान अध्यक्ष विनोद गुरुङ, पुर्व अध्यक्षहरु लोकेन्द्र गुरुङ, वडा नं ९ वडाध्यक्ष खुशीजगं गुरुङ, सिजन श्रेष्ठ,… पुरा पढौ

बेसीशहर नगरपालिकाद्वारा कैदी\बन्दीलाई दशैंका लागि ४० हजारका २ वटा खसी सहयोग

बेसीशहर नगरपालिकाले कारागारका कैदी\बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैया बराबरको २ वटा खसी सहयोग गरेको हो । नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विहिबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई उक्त खसी सहयोग गर्नुभएको हो । नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जिवन विताई रहेकाहरु परिवारबाट टाढा रहने भएकोले उनीहरुलाई थोरै भएपनि चाडपर्वमा खुसी दिनका लागि नगरपालिकाले सहयोग गरेको बताउनुभयो । नगर प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाले चालु तर्फको अन्य सामाजिक सहायता शिर्षकबाट… पुरा पढौ

प्रहरीका कारण चैनको निद्रा पाएका छौँ प्रजिअ अधिकारी

लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नागरिकहरुको सुरक्षाका लागि प्रहरीले खेलेको भूमिका सह्रनीय रहेको बताउनुभएको छ । ६८ औँ प्रहरी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारीले प्रहरीकै कारण रातिमा आनन्दले निदाउन पाएको बताउनुभयो । अग्रगमनका लागि शान्ति सुरक्षा पहिलो सर्त रहेको बताउँदै प्रहरीले अहोरात्र नखटेको भए रातमा चैनको निद्रा निदाउन नसक्ने उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रहरी संगठनबाट संस्थानमा परिणत भएको बताउँदै जोसँग अपेक्षा गरिन्छ, उसँग गुनासो हुने उहाँले बताउनुभयो । प्रहरी धारिलो हतियार भएको बताउँदै… पुरा पढौ

इजरायलबाट १८ जना नेपाली भारतको उद्धार विमानमार्फत फर्किंदै

इजरायलमा जारी द्वन्द्वका कारण घर फर्किन चाहनेमध्येका १८ जना नेपाली भारतीय उद्धार विमानमार्फत नेपाल आउने भएका छन् । भारतले आफ्ना नागरिकको उद्धारका लागि सुरु गरेको ‘अपरेशन अजय’ अन्तर्गतको विशेष विमानमा उनीहरू मंगलबार भारत आइपुगेका छन् । भारतीय विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत यस विषयमा जानकारी दिएका छन् । ‘अपरेशन अजय अगाडि बढ्दैछ । थप २८६ यात्रु भारत फर्किँदै छन्, जसमा १८ जना नेपाली नागरिक पनि रहेका छन्’, उनले लेखेका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले फर्किन… पुरा पढौ

विश्वकप छनोट : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

नेपालले लाओसलाई विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा १–० ले पराजित गर्दै नेपाली फुटबललाई ठूलो राहत दिलाएको छ । लाओसको भियन्टाइनमा मंगलबार भएको खेलमा प्राप्त जितमा नेपालको लागि मनीष डाँगीले ५३ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै नेपालले दुई लेगको खेलमा समग्रमा २–१ को निर्णायक अग्रता लिन सफल रह्यो । काठमाडौंमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगेको थियो । नेपाललाई दोस्रो चरण पुग्नका लागि जित्नै पर्ने दबाब थियो । त्यसैले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले सुरुदेखि आक्रामक… पुरा पढौ

बेसीशहर नगरपालिका भित्र जम्मा ३५ वटा कुकुर

बेसीशहर । लमजुङको बेसीशहर नगरपालिकामा घरमा पालिकाएका नीजि कुकुर मध्ये ३५ वटा मात्रै दर्ता भएका छन् । सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले असोज १२ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै १५ दिनभित्र नीजि रूपमा पालिएका कुकुरहरूलाइ नगरपालिकामा दर्ता गरी अनुमति लिन सूचना जारी गरेको थियो । सोहि सुचनाका आधारमा १५ दिन भित्र जम्मा नीजि पालिएका ३५ वटा कुकुर मात्रै दर्ता भएको हो । बेसीशहर नगरपालिका भित्र नीजि रुपमा पालिएका कुकुरको संख्या १ हजार भन्दा धेरै हुन सक्ने नगरपालिकाका अधिकृत शुशिला… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङद्धारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले बडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वत् २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आइतबार रास्वपाका प्रवास विभागका केन्द्रिय सचिव पद्मराज पन्थीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा जिल्ला सह–संयोजक अशोक सापकोटा, गण्डकी प्रदेश प्रस्तावित सदस्य तैमाया गुरुङ, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, जन्मदिनमा बृक्षारोपण अभियान का संस्थापक अध्यक्ष बासुदेव सेढाँई, पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, प्रदेश सदस्य रामजी राना, पार्टीका कार्यकर्ता एवम् पत्रकारहरुको सहभागिता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रमा उपस्थिती प्रमुख… पुरा पढौ

आजदेखि वडा दशैं सुरुः आज घटस्थापना, घर–घरमा जमरा राखिँदै

आजदेखि नेपालीहरुको महान चाड वडा दशैं सुरु भएको छ । वडा दशैँको पहिलो दिन आज विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ । घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा… पुरा पढौ

चाडपर्वमा सुरक्षालाई ध्यान दिइ सचेत हुन लमजुङ प्रशासनको आग्रह

नेपालीहरुको पर्वहरु नजिकिदै गर्दा सुरक्षित भएर चाडपर्व मनाउन जिल्ला प्रसाशन कार्यलय लमजुङले अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले वडा दशैं, तिहार, छठ जस्ता पर्वहरुमा सुरक्षा चुनौतिको रूपमा देखा परेको भन्दै नागरिकलाई सचेत हुन अनुरोध गर्नुभएको हो । सूचना पत्रमा भनिएको छ – आफ्नो धर्म, सँस्कृति, रीतिरिवाज, मूल्यमान्यता र परम्परा अनुसार परिवार र साथीभाइबीच हर्षोल्लासका साथ चाडपर्वहरू मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा मनाउनुहुन हार्दिक अनुरोध छ पछिल्लो समय चाडपर्वको समयमा घर छोडेर बाहिर… पुरा पढौ

१५ गतेबाट सम्पर्क विहिन भएका युवा महेन्द्रनगरमा फेला

असोज १५ गतेबाट सम्पर्क विहिन भएका युवा ११ दिन पछि महेन्द्रनगरमा फेला परेका छन् । लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहर घर भएका २१ वर्षिय श्रीकृष्ण खत्री कञ्चनपुरको महेन्द्रनगरमा फेला परेका हुन् । उनी महेन्द्रनगरको एक होटलमा बस्दै गरेका र त्यहिबाट उनको पैसा हराएर खोजी हुने क्रममा प्रहरीले उनलाई विहिबार फेला पारेको हो । उनी अहिले जिल्ला प्रहरी कार्यलय कञ्चनपुरको संरक्षणमा रहेका छन् । उनको परिवार र आफन्त त्यस तर्फ गैरहेको पारिवारिक स्रोतले बताएको छ । प्रहरीका अनुसार खत्रीको… पुरा पढौ